
बागलुङ, २५ असार ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाको १९ औ स्थापना दिवस बुधबार मनाइएको छ ।
उक्त अवसरमा नन्द–हरि सिर्जनशील पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभजनका बागलुङ संवाददाता किरण आचार्य र ढोरपाटन दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहरालाई नगद १५ हजार १ सय ५५ रुपैयाँ सहित पुरस्कृत गरिएको छ ।
कार्यक्रममा संघियसभाका सांसद देबेन्द्र पौडेलले समाज परिवर्तनको लागि समृद्ध नेपाल सुखी नेपाल बनाउन सबैले सकारात्मक भुमिका खेल्न जरुरी रहेको धारणा राख्नुभयो ।
उहाँले सबै सकारात्मक नभएसम्म परिवर्तन सम्भव नहुने बताउँदै त्यसको लागि मिडियाले भुमिका खेल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्री, जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगाना, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिव ज्ञामनाथ गैरे, नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश गौतम, नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रीय सदस्य हरिनारायण गौतम, नेपाल पत्रकार महासंघ बागलुङका निवर्तमान अध्यक्ष मुकेश चन्द्र राजभण्डारी, पुर्वअध्यक्ष राजेशचन्द्र राजभण्डारी, प्रेस युनियनका अध्यक्ष प्रदीप पन्त, प्रेस संगठन नेपालका कार्यदल सदस्य उमाकान्त शर्मा, प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य ताराप्रसाद शर्मा, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका सल्लाहकार कोपिला कडेल, पुरस्कृत पत्रकार किरण आचार्य र रामकृष्ण बोहोराले बोल्नुभएको थियो ।
नेपाल पत्रकार महासंघ बागलुङका पुर्व अध्यक्ष हरिनारायण गौतमले आफ्नो बुबाआमाको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कारबाट यस अगाडी पत्रकार राजेशचन्द्र राजभण्डारी, घनश्याम खड्का, दुर्गाप्रसाद शर्मा, ज्ञानेन्द्र गौतम, ओम प्रकाश घायल, कोपिला कंडेल र ध्रुब सागर शर्मा पुरस्कृत भइसकेका छन् ।
नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष अध्यक्ष दिल शिरीषको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत उपाध्यक्ष नरेश कंडेल र संचालन सचिव राम थापाले गर्नुभएको थियो ।










