
बागलुङ, २५ असार
कालीगण्डकी ड्राइभिङ स्कुल बागलुङले आफ्नो संस्था स्थापना भएको दुई बर्ष पूरा गरि तेस्रो बर्षमा प्रवेश गरेको अवसरमा ट्राफिक सचेतना कार्यक्रम गरि सम्पन्न गरेको छ ।
कार बाइक मोटर साइकल र स्कुटी सिक्ने सिकारु तथा नयाँ सिक्न चाहने युवालाई लक्षित गरि ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिइयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायब निरिक्षक महेन्द्र रानाभाटले ट्राफिक नियमको पालना गर्न सकेमा अहिले भइरहेको दुर्घटनामा धेरै कमि आउने बताए । ट्राफिक नियम सवारीसाधन चलाउने पैदल यात्रा गर्ने सबैले पालना गर्नुपर्ने त्यसको लागि जनचेतना जरुरी रहेको रानाभाटले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको सहयोगमा भएको ट्राफिक नियम तथा अनुशासन सम्बन्धि प्रशिक्षण कार्यक्रममानेपाल पत्रकार महासंघका पुर्वअध्यक्ष राजेशचन्द्र राजभण्डारी, जिल्ला ट्राफिक प्रहरी कार्यालयका बाबुराम नेपाली, भोजेन्द्र थापा लगायतका बक्ताहरूले ट्राफिक नियमको पालना सबैले गर्न सकेको खण्डमा मात्रै दुर्घटना न्युनिकरण हुने धारणा राखेका थिए ।
कालीगण्डकी ड्राइभिङ स्कुलका अध्यक्ष सागर गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन ड्राइभिङ स्कुलका संचालक रामप्रसाद घिमिरेगरेका थिए ।










