
बागलुङ, २५ असार ।
काठेखोला गाउँपालिकाको पाँचौ गाउँसभाले आर्थिक वर्ष २०७६/०७७ को लागि ४४ करोड ४२ लाख ४२ हजार रुपैयाँको बजेट पारित गरेको छ ।
गाउँपालिकाका उपाध्यक्ष अर्जुनबहादुर खत्रीले असार १० गते प्रस्तुत गरेको उक्त बजेट बुधबार बसेको गाउँसभाले पारित गरेको हो ।

गाउँपालिकाले आर्थिक विकासमा १ करोड ७६ लाख १७ हजार ४ सय ६६ रुपैयाँ, सामाजिक विकास तर्फ १ करोड ६८ लाख ५१ हजार ४ सय ९० रुपैयाँ, पूर्वाधार तर्फ ५ करोड ७४ लाख ४८ हजार २ सय ६० रुपैयाँ विनियोजित गरेको छ ।
यस्तै गाउँपालिकाले भवनको जग्गा व्यवस्थापनको लागि १ करोड रुपैयाँ विनियोजित गरेको छ ।
गाउँसभाले व्यवसाय दर्ता कर पारित गरेको छ ।
बजेटको पूर्ण पाठ पढ्न तलको लिंक क्लिक गर्नुहोस् ।
काठेखोला गाउँपालिकाको आ.व. २०७६०७७ को बजेट बार्षिक बजेट तथा कार्यक्रम 1
काठेखोला गाउँपालिकाको आ.व. २०७६०७७ को बजेट बार्षिक बजेट तथा कार्यक्रम 2
काठेखोला गाउँपालिकाको आ.व. २०७६०७७ को बजेट बार्षिक बजेट तथा कार्यक्रम 3










