
बागलुङ, १६ असार ।
ताराखोलामा घर भई हाल पोखरामा अध्ययनरत विद्यार्थीहरुको शनिबार भएको भेलाले ताराप्रसाद सापकोटाको अध्यक्षतामा २१ सदस्य ताराखोला–पोखरा विद्यार्थी मञ्च गठन गरेको छ ।
समितिको उपाध्यक्ष देवी रोका, सचिव यमुना थापा, सहसचिव रुद्र कंडेल कोषाध्यक्ष सन्तोष घर्ती छन् । यस्तै सदस्यहरुमा मनिषा गुरुङ भिम घर्ती, कुशल खत्री, हिराबहादुर खत्री, सिम्रन खत्री, रेमबहादुर घर्ती, दिलु विक, मनिसा सापकोटा, संगिता सापकोटा, रमेश रोका, विवेक घर्ती, पुरन पुन, दिपेन्द्र सापकोटा, टेकनारायण सापकोटा रहेका छन् । अन्य २ सदस्य पछि थप गरिने बताईएको थियो । समितिले ५ सदस्यीयय सल्लाहकार समिति गठन गरेको छ । संल्लाहाकारमा भक्त पाण्डे, नईन्द्र गुरुङ, थमप्रसाद रोका, खगेन्द्र विश्वकर्मा, कृष्ण चोखाल र प्रेम रोका छन् ।
ताराखोलाबाट पोखरा अध्ययन गर्न आएका विद्यार्थीहरुमा सामुहिक एकता कायम गर्ने, व्यक्तित्व विकासमा सहयोग गर्ने, ताराखोलाको सामाजिक तथा शैक्षिक विकासमा सहयोगात्मक भुमिका निर्वाह गर्ने उद्देश्यले पोखरामा मञ्चको गठन गरिएको जनाइएको छ ।
मञ्चले ताराखोलाको समग्रमा शैक्षिक विकासमा सकारात्मक पहल गर्ने, जन्मभुमिको रहेक गतिविधिमा सकारात्मक चासो राख्ने लगायतका उद्देश्य राखेको छ ।










