स्वास्थ्य प्राविधिक संघको स्थापना दिवसमा खाद्यन्न सहयोग

बगलुङ, १६ असार ।
नेपाल स्वास्थ्य प्राविधिक संघको ४१ औं स्थापना दिवसको अवसरमा सोमबार बागलुङको मुक्तिनाथ वेदविद्याश्रमलाई खाद्यन्न सहयोग गरिएको छ ।
नेपाल स्वास्थ्य प्राविधिक संघ बागलुङले मुक्तिनाथ वेदविद्याश्रम बागलुङ नगरपालिका–४, कुडुले फेदीमा अध्ययनरत विद्यार्थीहरुको लागि दैनिक उपभोग्य खाद्यन्न सहयोग गरेको हो ।
खाद्यन्न सहयोग पछि बोल्दै नेपाल स्वास्थ्य प्राविधिक संघका केन्द्रिय उपाध्यक्ष रामप्रसाद खनालले वेदविद्याश्रमले मुठिअभियान संचालन गरी विद्यार्थीहरुलाई खाना खुवाइरहेकाले त्यसमा सहयोग गर्ने हातेमालो गर्ने उद्देश्यले सहयोग गरिएको बताउनुभयो । उहाँले स्वास्थ्य प्राविधिक संघले सम्पूर्ण स्वास्थ्यकर्मीहरुको हक अधिकारको बारेमा कुरा उठाउनुका साथै विरामीहरुलाई सेवा प्रदान गर्नको लागि पनि सहयोग गर्दै आएको बताउनुभयो ।


कार्यक्रममा वेदविद्याश्रमका श्रषि प्रपन्नचार्य, नेपाल स्वास्थ्य प्राविधिक संघका केन्द्रिय सचिव डिल्लीप्रसाद आचार्य, आधिकारीक ट्रेड युनियन बागलुङका अध्यक्ष तेजप्रसाद निउरे, पेशागत महासंघ बागलुङका अध्यक्ष मुकुन्द शर्मा र नेपाल निजामती युनियन संघका उपाध्यक्ष देवप्रकाश घिमिरेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाल स्वास्थ्य प्राविधिक संघ जिल्ला समिति बागलुङका अध्यक्ष सोमराज पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत उपाध्यक्ष श्रषिराम शर्मा र संचालन सचिव विष्णुनाथ सापकोटाले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here