
विनोद विश्वकर्मा
बुर्तिबाङ, १६ असार ।
बुर्तिबाङको लक्ष्मीकुण्घाटमा समयमै पुल नबन्दा निसी र ढोरपाटनका जनतालाई यात्रा गर्न समयस्या भएको छ । समयमै पुल नबन्दा सामान ढुवानी गर्न र सहज यात्रा गर्न उनीहरुलाई समस्या भएको हो ।
वर्षयाम सुरु भएसँगै भूजीखोला र तमानखोलामा पानीको बाहव बढेपछि बुर्तिबाङदेखि निसीखोला हुँदै रोल्पा रुकुम र ढोरपाटनसम्म चल्ने सवारी साधानहरु संचालन भएका छैनन् ।
हिउँदको समयमा खोलामा कल्भर्ट हालेर यातायात संचालनमा आएपनि शनिबार आएको भारी वर्षाका कारण खोला बढेपछि आईतबारदेखि सवारी साधान तारीखेतमा थन्किएका छन् । निसीखोला र ढोरपाटनदेखि आएका यात्रुहरु तारीखेतमा ओर्लिएर बुर्तिबाङ बजार आउन बाध्य भएका छन् ।
व्यवसायीहरुलाई सामान ढुवानी गर्न समेत समस्या भएको छ । व्यवसायीहरुले बुर्तिबाङदेखि तारीखेतसम्म भारिया लगाएर सामान ओसारर्दा महङ्गो ढुवानी पर्ने ढोरपाटन नबीका मंगले विकले बताए ।
उनले वर्षाको समयमा यो सडक सामान ढुवानी गर्न निकै गाह्रो पर्ने बताउँदै पुल बनाउने तर्फ सम्बन्धित निकाय र ठेकेदारले लापरवाहिर गरेको बताए । विकले सामानलाई मंगो ढुवानी गरेर ढोरपाटनसम्म पु¥याउँदा ढोरपाटनका स्थानीयहरु महङ्गीको मारमा पर्ने बताए ।










