
बागलुङ, १५ असार ।
आज असार १५ गते अर्थात १६ औं राष्ट्रिय धान दिवस । बागलुङका कृषकहरुले पनि हिलो छ्याब्दै रमाइलोका साथ राष्ट्रिय धान दिवस मनाएका छन् । र्मिमिरे कृषि सहकारी संस्था लिमिटेड बागलुङले बागलुङ नगरपालिका–८ ओखलढुंगामा रोपाइ महोत्सवको आयोजन गरेर असारे १५ (राष्ट्रिय धान दिवस) मनाएको छ ।
उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, भेटनेरी तथा पशु अस्पताल बागलुङका प्रमुख नारायणप्रसाद शर्मा, उद्योग बाणिज्य संघका पदाधिकारी तथा कृषकहरुले संयुक्त रुपमा रोपाइ गरेर धान दिवस मनाए ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीले कृषि पेशालाई व्यवसायिक रुपमा बदल्नुपर्ने बताउनुभयो । उहाँले कृषिको प्ररम्परागत प्रणालीलाई हटाएर आधुनिकीकरण तर्फ लग्नुपर्ने बताउनुभयो । प्रजिअ क्षेत्री असार १५ गतेलाई राष्ट्रिय धान दिवस मनाएर कृषकहरुलाई हौसला प्रदान गर्दै देशलाई खाद्यन्नमा आत्मनिर्भर बनाउनको लागि सहयोग पु¥याउने सरकारले उद्देश्य लिएको बताताउनुभयो ।
कार्यक्रममा भेटनेरी तथा पशु अस्पताल बागलुङका प्रमुख नारायणप्रसाद शर्मा, नेपाल उद्योग बाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारी, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका तिलक थापा लगायतले बोल्नुभएको थियो ।
र्मिमिरे कृषि सहकारी संस्थाका अध्यक्ष गंगाबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सामाजिक परिचालिका शुसिला पन्त र संचालन सहकारीका कोषाध्यक्ष थानेश्वर सुवेदीले गर्नुभएको थियो ।










