सल्लो रोपेर समृद्धि आउदैनः सापकोटा

बागलुङ, १५ असार ।
नेपाल कम्युनिष्ट पाटी (नेकपा) जिल्ला कमिटि बागलुङका अध्यक्ष तथा गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटाले वृक्षरोपणका नाममा सल्लो रोपेर समृद्धि नआउने भन्दै धेरै प्रतिफल दिने वृक्ष रोप्न आवश्यक रहेको बताउनुभएको छ ।


जननेता मदन भण्डारीको ६७ औं जन्मजयन्ती तथा राष्ट्रिय वृक्षारोपण दिवसको अवसरका शनिबार नेपाल कम्युनिष्ट पाटी (नेकपा) बागलुङले बागलुङ नगरपालिका–८ सिगानामा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै सापकोटाले नेताहुँदैमा, भाषण बाजी गर्दैमा गरिबि नघट्ने भन्दै कृषि उत्पादनलाई बढुवा दिनुपर्ने धारणा राख्नुभएको छ ।
उहाँले अव सल्लो रोपेर समृद्धि नआउने भन्दै वृक्षारोपण कार्यक्रमलाई परिमार्जन गरी सुन्तला रोपेर आम जनतालाई सकरात्मक सन्देश दिन खोजेको बताउनुभयो ।


सिगानामा झण्डै २०० सुन्तलाका विरुवा रोपेर नेकपाले नेपालमै सकरात्मक सन्देश दिन खोजेको नेताहरुको भनाई रहेको थियो । सिगानाको वेसीमा वृक्षारोपण कार्यक्रमको आयोजना गरी झण्डै २०० वढी सुन्तलाको विरुवा लगाईएको छ । सुन्तला जोन अन्र्तगत पर्ने सिगाना सुन्तलाको लागि उर्भर मानिन्छ । कार्यक्रममा गण्डकी प्रदेश कमिटि सदस्य श्री प्रसाद शर्माले मन्तव्य राख्नुभएको थियो । औपचारिक कार्यक्रमको जिल्ला कमिटि अध्यक्ष इन्द्रलाल सापकोटाको अध्यक्षता, नेकपा वडा कमिटि अध्यक्ष लालबहादुर थापाको स्वागत तथा नेकपा जिल्ला सचिव ज्ञामनाथ गैरे अनिलको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

तस्विरः सुवास गौतम र शिव खड्का ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here