
बलबहादुर रोका
बागलुङ, १५ असार ।
बागलुुङको ताराखोला गाउँपालिका–१ माझखर्क गाईघाट झर्नादेखि काठेखोला गाउँपालिका–५ गोडाबाधे सम्म पर्यटन पदमार्ग निर्माण थालिएको छ ।
गण्डकी प्रदेशले पर्यटन वन तथा वातावरण मन्त्रालयको बहुुबर्षिय योजना अन्तर्गत १५ लाख रुपैयाँ लागतमा पदमार्ग निर्माण थालेको ताराखोला गाउँपालिका–१ माझखर्कका वडा अध्यक्ष यामबहादुुर श्रीसले जानकारी दिनुुभयो ।

ताराखोला गाउँपालिकाको पर्यटकीय स्थलको रुपमा समेत रहेको गाईघाट झरना, मोटीमारे, कालिलेख धुुरी, शिवधुुरी हुुदै काठेखोला ५ स्थित गोडाबाधे सम्म पर्यटकीय पदमार्ग निर्माण सुुरु भएको वडा अध्यक्ष श्रीसले बताउनुुभयो ।
झरना देखि गोडाबाधे सम्म पदमार्ग निर्माण सम्पन्न भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरुको आर्कषक पदमार्गको रुपमा विकास हुने विश्वास लिइएको छ । पहिलो वर्ष २ सय मिटर पदमार्ग निर्माण हुने गाईघात झरना, मोटीमारे, शिवधुुरी, गोडाबाधे पदमार्गका उपभोक्ता समितिका सचिव हिरा नाइसाले जानकारी दिनुभयो ।

पदमार्गमा सिढी निर्माण, ढलान र टायलको प्रयोग हुने छ । पदमार्गबाट शिवधुुरी, कालिलेख धुरी, दर्जनबढी हिमशृङ्खला, गलकोट क्षेत्रको विभिन्न स्थान, घुम्टेको लेक, काठेखोला गाउँपालिकाका क्षेत्र, बागलुुङ बजार प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।










