
बागलुङ, १४ असार ।
बागलुङको बरेङ गाउँपालिका–२ हुग्दीशिरमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बरेङको बाटाकाचौरदेखि बागलुङ बजार आउने क्रममा ध १ ज ४९१ नम्बरको यात्रुबहाक जीप हुग्दीशिरमा रोकिराखेको अवस्थामा पल्टिएर दुर्घटना हुँदा बाटाकाचौरकी ७५ बर्षिय विष्णुमाया खत्रीको मृत्यु भएको हो । जीप पल्टीना लाग्दा खत्री जीपबाट हामफल्दा छातीमा चोट लागेको खत्रीलाई उपचारको लागि पाल्पाको मिसन अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रत्यक्षदर्शीले बताए ।
हुग्दीशरि बजारको चोकमा जीप रोकि चालक हिरा काउचा यात्रु बोलाउन जाँदा गाडी दुर्घटना भएको हो । दुर्घटनामा हुग्दिशिर बाझाडीका डेढ बर्षिय टेरिसा परियारको खुट्टामा चोट लागेको छ । जीपमा ४ जना यात्रु सवार थिए ।










