भीमापोखरामा कानुुनी साक्षरता कार्यक्रम सञ्चालन

बागलुङ, १४ असार ।
बागलुुङको काठेखोला गाउँपालिका–२ भीमापोखरा स्थित जनकल्याण माध्यमिक विद्यालयमा शुक्रबार दुुव्र्यसनी रोकथाम तथा कानुुनी साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
विद्यार्थीहरुलाई लागुपदार्थ तथा नकारात्मक काममा लाग्नवाट बचाउन जिल्ला प्रहरी कार्यालय बागलुुङले सुुरु गरेको दुुव्र्यसनी रोकथाम तथा कानुुनी साक्षरता कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुुङका प्रहरी नायव उपरीक्षक ९डिएसपी० झविन्द्रबहादुुर भट्टराई र अधिवक्ता याम बहादुुर चर्माकारले सहजिकरण गर्नुुभएको थियो । सोही अवसरमा २०७५ सालको एसइइ परिक्षामा उतकृष्ठ ग्रेडमा पास हुुने पाँच जना विद्यार्थीलाई सम्मान गरिएको थियो ।


कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले विद्यार्थीहरुलाई कितावी ज्ञानले मात्र नहुुने भन्दै दुुव्र्यसनीले स्वास्थ्यमा पार्ने असर प्रति सवै नागरिक सचेत गराउनु पर्ने बताउनुभयो ।
कार्यक्रम काठेखोला गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष विद्यापति शर्माको अध्यक्षता, कार्यलय सहायक सुर्य थापाको स्वागत र अधिकृत काशिराम शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैविच, काठेखोला गाउँपालिका ३ धम्जा स्थित लक्ष्मी माध्यमिक विद्यालयमा छात्रा तथा दलित विद्यार्थीलाई छात्रवृति वितरण गरिएको छ ।
विद्यालयमा अध्ययनरत ३८ जना छात्रा तथा दलित विद्यार्थीलाई छात्रावृति प्रदान गरिएको प्रधानाध्यापक गोविन्द बहादुुर भण्डारीले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here