पहिरोले मध्यपहाडि लोकमार्ग अबरुद्ध

रामप्रसाद घिमिरे
बागलुङ, १३ असार ।
मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ सडक खण्ड अन्तरगत गलकोट नगरपालिकामा अविरल बर्षात पछि दुई स्थानमा पहिरो गएको छ ।
गल्कोट नरपालिका वडा न. ३ भैसे र वडा न. ७ र ९ को बिचमा पर्ने बाँसखोलामा पहिरो जाँदा बिहीबार साँझ ७ बजे देखि यातयात अबरुद्ध भएको छ ।
गलकोट नगरपालिका ३ मापर्ने बाँसखोलामा लोकमार्ग माथिबाट झरेको साखा सडकको लेदोले लोकमार्ग सहित खेत पुरिँदा स्थानियले क्षतिपुर्तिको माग गर्दै लोकमार्ग अवरुद्ध गरेका छन् भने नगरपालिकाद्वारा सहमतिको प्रयास भईरहेको नगरप्रमुख भरत शर्मा गैरेले जानकारि दिनोभयो । “म सहित नगरपालिकाको टिम घटनास्थलमा बिहानै पुगेका थियौँ, पीडितहरुसँग सहमतिको लागि केहिबेरमा मिटिङबसी अबरोध हटाउने छौं ।” गैरेले भन्नुभयो ।
बाँसखोलामा रहेका ट्राफिक जवान प्रकाश गिरिका अनुसार “नगरपालिकाको शाखा सडकको लेदोले स्थानियको करिब ८० मुरि धान फल्ने खेत पुर्णरुपमा पुरिएपछि स्थानियले क्षतिपुर्तिको माग गर्दै सडक अवरुद्ध गरेका हुन ।
त्यस्तै गलकोट नगरपालिका वडा न. ३ भैँसे पनि लोकमार्ग माथिबाट झरेको पहिरोले सडक पुर्णरुपमा पुरियर हिजो साँझ बाट ठप्प भयको यातायात बिहान बाट यात्रु स्थानान्तरण गरि सामान्य सुचारु भईरहेको धौलागिरि अञ्चल यातायात जिप ब्यावसायि समितिको हटिया काउन्टरका कर्मचारि वसन्त बोहोराले जानकारि दिनुभयो ।
दैनिक ५०० भन्दा बडि सवारि चल्ने सडक १४ घण्टा देखि अबरुद्ध हुँदा लामो तथा छोटोदुरिमा हिडेका यात्रु समस्यामा परेका छन ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here