प्रत्येक वडामा गौरबका योजना संचालन गर्न सुझाव

बागलुङ, ७ असार ।
बागलुङको काठेखोला गाउँपालिकालाई प्रत्येक वडामा गौरवका योजना संचालन गर्न सरोकारवालाले सुझाव दिएका छन् ।
आगामी आर्थिक वर्ष ०७६/०७७ को योजना तर्जुमा तथा प्राथमिकताको विषयमा शनिबार भएको छलफलमा सहभागीले दीर्घकालिन प्रभाव पार्ने योजनालाई प्राथमिकताका साथ संचालन गर्न आग्रह गरेका हुन ।
संघ र प्रदेश सरकारले तयार गरेको योजना नदोहोरिने गरी बजेट तयार गर्न उनीहरुको सुझाव थियो । ‘काठेखोलालाई पहिचान सहितको गाउँपालिका बनाउनु पर्छ’ उनीहरुले भने–‘कृषि र पर्यटनलाई लक्षित गरी कार्यक्रम तयार गर्नूृ आवश्यक छ ।’
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटी सदस्य हिराबहादुर केसी, नेकपा काठेखोला गाउँ कमिटीका अध्यक्ष डिलबहादुर कार्की, नेपाली काग्रेसका प्रतिनिधि यामदक्त कँडेल, राष्ट्रिय जनमोर्चाका लक्ष्मण पुन, जननिगरानी साप्ताहिकका अध्यक्ष खिमबहादुर कार्की, स्ववियु सभापति मनिष थापा, जिवाईसीका परमाननद कँडेल विवाईसीः विवाईसीका कार्यवहाक अध्यक्ष मणीभद्र शर्मा, भीमसेन क्याम्पसका प्रमुख बालकृष्ण कँडेल, अमर क्याम्पसका भिष्मा कँडेल, धारा माविका भिमबहादुर विकले सुझाव राख्नुभएको थियो ।
कार्यक्रम काठेखोला गाउँपालिका अध्यक्ष अमरबहादुर थापाको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकको स्वागत र मनोज कार्कीको संचालनमा सम्पन्न भएको थियो । काठेखोला गाउँपालिकाले ४१ करोड १५ लाख ५३ हजार रुपैयाँको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here