
बागलुङको काठेखोला गाउँपालिका–६ का वडाध्यक्ष युक्तप्रसाद कंडेलले विगत लामो समयदेखि विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व गर्दे अहिले वडाध्यक्षको रुपमा नागरिकसँग रहनुभएको छ । उहाँसँग सामाजिक कार्यलाई कसरी अगाडी बढाउने, विकास निर्माण र व्यवसायसँग सम्बन्धी धेरै अनुभव पनि छन् । वडाअध्यक्ष कंडेल लामो समय सामाजिक क्षेत्रमा काम गरिरहनुभएको हुँदा उहाँले आफ्नो वडालाई कसरी समृद्ध बनाउनु हुन्छ भन्ने विषयमा खबरवे टिमले गरेको संवाद:
- अध्यक्ष ज्यू नमस्कार, यहाँलाई जननिगरानी संवादमा स्वागत छ ?
– धन्यवाद - जनप्रतिनिधिको रुपमा दुई वर्ष विताउँदा आफ्नो कामलाई कसरी मूल्याङकन गर्नू हुन्छ ?
– यो दुई वर्ष विताउँदा हामी १५ वर्षपछिको अवसर हामीलाई प्राप्त भएको छ । यसको सहि सदुपयोग गर्न सकियो भने वडाको समृद्धिमा महत्वपूर्ण योग्दान पुग्नेछ भन्ने विश्वास लिएको छु । मैले दुई वर्षको काम गर्दा सवै तहबाट सहयोग प्राप्त भएको छ । - वडाभित्र गरेका मुख्य मुख्य कामलाई उल्लेख गर्नुपर्दा सम्झनु पर्ने कामहरु के होला ?
– काठेखोला गाउँपालिकाको एक गाउँ एक पहिचान अन्तरगत यस वडालाई सुन्तला पकेट क्षेत्र घोषणा गरी सोहि अनुसार सुन्तलाका विभिन्न प्रजातिका विरुवा रोप्ने काम भएको छ र अन्य प्रजातिका रुखहरु हटाइ व्यवसायलाई व्यवस्थित बनाउने काम गरिएको छ । वडाभित्र पूर्वाधारका धेरै कामहरु भईरहेका छन् । वडा भित्रका कृषकहरु व्यवसायी उन्मुख भएका छन् । वडाको समृद्धिको लागि कृषि क्षेत्रको योगदान रहेको छ । - तपाईको वडालाई सुन्तला जोनको कार्यक्रम परेको छ । त्यो कार्यक्रमलाई कसरी अगाडी बढाउनुभएको छ ।
– सुन्तला जोनको कामकोलागि अहिले समितिगठन भएको छ । सामान्य कामहरु सुरुवात भएको छ । आगामी वर्षदेखि यसको थप कामहरु हुनेछन् । - यो दुई वर्षको अवधिमा आधारभूत जनताको आर्थिक सुधारका कस्ता कार्यक्रम संचालन भए ?
– जनताको आर्थिक उन्नतीको निमित्त उत्पादनको हिसावले कृषकहरु व्यवसायी तर्फ उन्मुख भएका छन् । जस अन्तरगत सुन्तला व्यवसाय र दुध उत्पादन प्रमुख रहेको छ । वार्षिक रुपमा करिव ३ करोड ५० लाख बराबरको कृषि उपज विक्री गरी आम्दानी प्राप्त गर्न सफल भएका छन् । - आर्थिक वर्षको अन्तिम तिर कर्मचारी नहुँदा विकास निर्माण र योजना निर्माणमा कस्ता समस्या झेल्नु परेको छ ?
– विशेष गरेर मेरो वडामा त्यस्तो समस्या देखिएन । कर्मचारीको अभाव हुँदापनि गाउँपालिका मार्फत आवश्यक कामहरुमा सहयोग प्राप्त भयो । - मध्ये पहाडी लोकमार्गले वडाको अधिकांश भाग जोडिएको हुँदा सडकमा धेरै लगानी गर्नुपर्ने अवस्था छैन, सडकको लगानीलाई कुन क्षेत्रमा केन्द्रित गर्नुभएको छ ?
– मेरो वडामाको धेरै क्षेत्रफलमा मध्यपहाडी लोकमार्ग पुगेको छ । मध्यपहाडी लोकमार्गले गर्दा सडक सञ्जालको लागि केहि नयाँ ट्रयाक खोल्ने काम र पुरानो सडकमा स्तोरउन्नती गरिएपनि सडकको बजेट बचत गरेर कृषि क्षेत्रमा लगानी गरिएको छ । वडालाई कृषिको नमुना वडा बनाउने उद्देश्यले कृषि क्षेत्रलाई अगाडी बढाइएको छ । - जनताहरुको आवश्यकता धेरै छन् । जसलाई तपाईले प्राप्त गर्ने स्रोत साधनबाट पुरा गर्नु सक्निुभएको छ की छैन ?
– सवै आकांक्षाहरु पुरा गर्न कठिन छ । जनताका धेरै आकांक्षा भएपनि अहिले आवश्यकीय न्यूनतम आवश्यकताहरु पुरा गरेको अनुभुति गरेको छु । वडामा भएका स्रोत र साधनहरुको पूर्ण रुपमा प्रयोग गरेर जनताको सेवा गरेका छौं । - जनताबाट विशेष गरी कस्ता प्रकृतिका गुनासाहरु आउने गरेका छन ?
– जनताहरुबाट पूर्वाधारका कुराहरु, शिक्षा क्षेत्रका विषयमा धेरै गुनासाहरु आउने गरेका छन् । - समस्याको समाधान कसरी गर्नुभएको छ ।
– पूर्वाधार, शिक्षा, स्वास्थ्या गुनासाहरुलाई सवपक्षिय सहमतीमा गुनासाहरु समाधान गरिएको छ । - तपाईले काम गर्दा भोग्नुपरेको मुख्य समस्या के के हुन ?
– त्यस्तो ठूलो समस्या त मलाई काम गर्दा आइलागेको छैन । साना तिना समस्यालाई सामुहिक छलफलबाट नै समाधान गर्ने गरिएको छ । - विशेष गरी उपभोक्ता समितिलाई जवाफदेही बनाउन कस्तो संयन्त्र अबलम्बद्ध गर्नुभएको छ ।
– विशेष गरेर उपभोक्ता समिति भनेको योजनाका कामलाई कसरी परिणाम मुखी बनाउन सकिन्छ र योपनि हाम्रो दायित्व हो भन्ने अनुभुति उपभोक्तामा हुन जरुरी छ । हामीकोमा गठित सवै उपभोक्ता समितिहरु अत्यन्तै जिम्मेबार तबरले अगाडी बढेको पाइन छ । - उपभोक्ता समिति गठनमा एक लौटी भयो भन्ने गुनासो छ नी
– जुन ठाउँमा त्यस्तो भएको छ । गुनासाहरु होलान तर मेरो वडा भित्र त्यस्तो कुनै गुनासो छैन । उपभोक्ताको अवश्यकता र योजना सम्पन्न गर्ने क्षमतावान र विश्वास योग्य व्यक्तिहरु मार्फत उपभोक्ता समिति गठन गरिएको छ । - तपाईको कार्य अवधिमा आधारभूत जनताले के पाउँछन ?
– मेरो कार्य अवधिमा वडाका प्राय कृषकहरु व्यवसायक बन्ने छन् । गरिविको रेखामुनि रहेका जनताहरु लाई माथि उठाउन पालिका लगायत वडाले अगाडी सारेका योजनाबद्ध कार्यक्रमले आधारभुत तहका जनताहरुलाई माथि उठाउन मद्धत पुग्नेछ । गुणस्तरीय शिक्षा, स्वास्थ्य र न्यूनतम रोजगारको बातावरण सिर्जना हुनेछ । - प्रतिपक्षको भुमिका कस्तो छ ।
– मेरो वडामा योजनाका कामहरु अन्य विकास र समृद्धिका योजनाहरुमा प्रतिपक्ष वा पक्ष भन्ने कुनै विषयले महत्व राखेको छैन । सवैलाई समानहिसावले व्यवहार भई सवै पक्ष सन्तुष्टि भएको अवस्था छ । - मैले नसोधेको तर हजुरलाई मनमा लागेको केही छ की ?
यस वडालाई व्यवसायीक कृषि उत्पादनको हिसावले अगाडी बढाउन एक घर एक कृषि सहकारी शेयर सदस्य अभियान सुरु गरि कृषि सहकारी संस्थाको स्थापना गरिएको छ । जस अन्तरगत वडाका विभिन्न भेगमा गठित ब्लकहरुबाट प्रतिनिधित्व हुनेगरी सवैको समान पहुँच कायम गर्न र समान सुविधा उपलब्ध गराउन कार्यक्रम संचालन गरिएको छ । जसलाई कृषकहरुको लेबलबाट अत्यन्त महत्वका साथ लिइएको पाइएको छ ।
वडामा हुने कार्यक्रमलाई सहज रुपमा संचालन गर्न वडास्तरीय एक सभाहल निर्माण कार्य जारी रहेको छ । आफ्नै वडा कार्यालयको भवनको लागि निःशुल्क जग्गा प्राप्त भएको छ । कार्यालय निर्माणको लागि प्रारम्भीक चरण सुरु गरिएको छ ।
२०७६ असार ०६ गते प्रकाशित








