जैमिनी नगरको नीति कार्यक्रम र बजेटको लागि परामर्श

बागलुङ, ५ असार ।
जिल्लाको जैमिनी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७६/०७७ को नीति कार्यक्रम तथा बजेटका लागि बिहिबार परामर्श बैठक सम्पन्न गरेको छ ।
नगरका राजनीतिक दलका प्रमुख, युवा विद्यार्थिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधी तथा जनप्रतिनिधीहरु विच परामर्श बैंक भएको थियो ।
बैंठकमा नेकपा जैमिनी नगर कमिटीका अध्यक्ष इन्द्र थापाले जनप्रतिनिधीहरु जनताबाट प्रत्यक्ष चुनिएर आएकोले भष्टचारलाई शुन्य सहनशिलतामा पुराइ जनताका आधारभूत कुरालाई तत्काल हल गर्नुपर्ने बताउनुभयो । उहाँले दीर्घकालीन बिकासका योजनाहरु तर्जुमा गर्नुपर्ने कुरालाई जोड दिनुभएको थियो ।
यस्तै नेपाली काँग्रेसका जिल्ला सचिव नवराज पौडेलले जनप्रतिनिधीहरुले जनताका गुनासोहरुलाई सकारात्मक रुपमा ग्रहण गरी जैमिनी नगरपालिकालाई नमुना नगर बनाउनको लागि नीति तथा कार्यक्रम ल्याएर सोहि अनुसार बजेट ल्याउनुपर्ने बताउनुभयो ।
उक्त अवसमार नेपाली कांग्रेस नगर सभापति काशिराम शर्मा, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष दिल बहादुर श्रीस, नेबि संघका सहमहामन्त्री हरिहर शर्मा, अनेरास्ववियु बागलुङका सचिब शिव शर्माले सुझाव सहितका मन्तव्य राख्नु भएको थियो ।
बैठकमा नगरप्रमुख इन्द्रराज पौडेलले बैठकको उद्देश्य प्रष्ट पार्दै आगामी कार्ययोजनाका बारेमा आफ्नो भनाइ राख्नुभएको थियो । नगर उपप्रमुख लिला रानाले सहभागिका प्रश्नहरुको उत्तर दिँदैजैमिनी नगरपालिकाको समग्र बिकास र समृद्धिका लागि सबैसंग हातेमालो गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रम नगरप्रमुख इन्द्रराज पौडेलको अध्यक्षता, उपप्रमुख लिला रानाको स्वागत र योजना अधिकृत प्रेम सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here