देवरले हँसिया प्रहार गर्दा भाउजु घाईते

बागलुङ, ५ असार ।
बागलुङ नगरपालिका–१३ पैयुपाटामा घरायसी विवाद हुँदा देवरले प्रहार गरेको हँसियाले लागेर भाउजु घाईते भएकी छन् ।
पैयुपाटाका ४५ वर्षिय बबि रोकाले बिहिबार विहान आफ्नै भाउजु लक्ष्मी रोकालाई हसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकृत झविन्द्र भट्टराईले जानकारी दिनुभयो ।
घाईते लक्ष्मीको टाउकोमा गम्भिर चोट लागेको छ । उहाँको पोखरामा उपचार भैरहेको प्रहरीले बताएको छ । हसिया सहित आक्रमणमा उत्र्रिएका बबिलाई सम्हालन गएका ७४ वर्षिय बुबा सोमबहादुर रोकाको हातमा चोट लागेको छ ।
बविलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको डिएपी भट्टराईको भनाई छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here