रेशमा ८४ जनालाई रोजगार

बागलुङ, ४ असार ।
बागलुुङको काठेखोला गाउँपालिका– ७ रेशमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत ८४ जनालाई रोजगार दिइएको छ ।
बेरोजगारको सुुचीमा नाम दर्ता गरेका ८४ जनालाई दिनको ८५० रुपैयाँ ज्याला पाउने गरी २५ दिनसम्म गाउँमा नै रोजगारको अवसर दिएको वडा अध्यक्ष प्रेम बहादुुर जि.सीले जानकारी दिनुुभयो ।
वडामा पदमार्ग र गोरेटा बाटो मर्मतका लागि उनीहरुलाई खडाईने छ । काठेखोला गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३० लाख बजेट विनियोजित गरिएको प्रमुुख प्रशासकिय अधिकृत खिमबहादुुर विकले बताउनुुभयो ।


प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको उद्घाटन गर्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले युवाहरुलाई स्थानीय तहमै दीर्घकालिन रोगजागरको सृजना गर्न गरी नीति निर्माण तथा बजेट र कार्यक्रम तयार हुने बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य कृष्ण थापा र नेकपा वडा कमिटिका अध्यक्ष कृष्णबहादुर कार्कीले बोल्नुुभएको थियो ।
कार्यक्रम काठेखोला गाउँपालिका– ७ का वडा अध्यक्ष प्रेमबहादुुर लामिछाने जि.सीको अध्यक्षता, कार्यपालिका सदस्य चित्रकुुमारी थापाको स्वागत र वडा सचिव होमनाथ शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here