
समाचार टिप्पणी
बागलुङ, ३ असार ।
हाम्रो समाजमा धेरै पहिलेदेखि खेलकुदलाई समय कटाउने माध्यमको रुपमा लिने गरियो । खेलकुद पनि व्यवसायिक हुन्छ भन्ने बुझन र बुझाउन धेरै कठिन भएको छ ।
अहिले पनि खेलकुदलाई अनुत्पादक क्षेत्रको रुपमा लिने गरिएको छ । तर पनि खेलकुद प्रतिको आकर्षण भने घटेको छैन् । तुलनात्मक रुपमा सामुदायिक विद्यालयले भन्दा निजी विद्यालयले खेल क्षेत्रमा ठूलो लगानी छ । निजी विद्यालयलाई सो सुविधा पनि छ जसले खेलविकासको लागि अभिभावकसँग शुल्क लिन्छ सक्छन् । तर सामुदायिक विद्यालयमा त्यो अभ्यास कम छ ।
खेलकुदको आधार विद्यालय तह हो । विद्यालयबाटै उत्कृष्ट हुने खेलाडी नै राष्ट्रको पहिचान बन्न सक्छ । विद्यालय तहमा हुने प्रतियोगीता न्युन मात्रामा छन् । विशेष गरी पछिल्लो समय फुटबल खेलको आकर्षण अत्याधिक छ । अन्य प्रतियोगीताको तुलनामा जिल्ला तहमा पनि फुटबल प्रतियोगीता बढी नै हुने गरेका छन् ।
शनिबार मात्रै १६ वर्ष उमेर समुहलाई लक्षित गरी बागलुङमा क्विक्स कप अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगीता सम्पन्न भयो । यो प्रतियोगीता विशुद्ध १६ वर्ष मुनीका उमेर समुहका विद्यार्थीलाई लक्षित गरी संचालन गरिएको खेल हो । तर प्रतियोगीतामा भाग लिने २० विद्यालय मध्य अधिकांसले प्रतियोगीतालाई जित्नै पर्ने प्रतिष्ठाको विषय बनाएर अनेक अनैतिक गतिविधि समेत प्रदर्शन गरे । विद्यालयबाट कलिलो मस्तिष्कले अनुशासन र नियमपालन सिक्नु पर्ने हो त्यो मस्तिष्क कसरी आयोजकलाई झुक्याउन सकिन्छ भन्ने विषयमा केन्द्रित भयो ।

प्रसंग हो, क्विक्स कप प्रतियोगीतामा विद्यालयले जालझेल गरेर तोकिएको भन्दा बढी उमेर समूहका विद्यार्थी सहभागी गराउन गरेको अनेक ‘टिकडम’ को । आफ्नो विद्यालयको खेललाई अब्बल सावित गर्न प्रतियोगीतामा सहभागी ९० प्रतिशत विद्यालयले बढी उमेर समुहका विद्यार्थीको नाम दर्ता गरेको जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङ्गले जानकारी दिनुभयो । खेलमा सहभागी धवलागिरी विद्यालयय र गरिमा आवासीय मावि बाहेकका अधिकांस विद्यालयका अधिकतम ७ देखि न्युनतम २/३ जना विद्यार्थी कार्वाहीमा परे ।
एन्फाले कडाईका साथ छानविन गरे पछि थाहा भयो, कम उमेर भएका विद्यार्थीको सर्टिफिकटमा राम्रो खेल्ने बढी उमेर समुहका विद्यार्थीको फोटो राख्ने, जन्मदर्ता तथा शैक्षिक प्रमाणपत्रको फोटोकपीमा जन्म मिति सच्याउने जस्ता किर्ते गरेर प्रमाणपत्र पेस गरेको भेटिएको अध्यक्ष गुरुङ्गको भनाई छ ।
‘हामी खेलको गरिमा र मर्मलाई ध्यानमा राखेर कडाईका साथ छानविन ग¥यौ’ अध्यक्ष गुरुङ्गले भन्नुभयो–‘हाम्रा विद्यालय र शिक्षक नै छलछामको बाटो अप्नाउँछन भने विद्यार्थीले के सिक्ने ।’ सुक्ष्म ढंगले प्रमाणपत्र छानविन भए पछि १८ जना खेलाडी हुनुपर्ने समूह १० जनामा समेत सिमित भएर खेल्न बाध्य भएका थिए । कतिपय विद्यालय नाम दर्ता गराए पनि खेलमा सहभागी नभई घर फर्केको अध्यक्ष गुरुङ्गको भनाई छ ।
‘जसरी पनि आफैले जित्नुपर्ने मानसिकताले गलत अभ्यास भएको हो’ जिल्ला फुटबल संघका सदस्य सूर्य लामिछानेले भन्नुभयो– ‘उमेर समूहका वास्तविक खेलाडीको पहिचानमा लागेका छौँ ।’ अहिले गरेको कडाईले आगमी दिनमा कुनै विद्यालयले गल्ती दोहो¥याउने चेष्टा गर्ने छैनन भन्ने विश्वास लिएका छौँ ।
यता, एन्फा प्रशिक्षक भीम बोहोराले सबैलाई घाटा हुने छलछामको बाटोमा नलाग्न विद्यालयहरुलाई आग्रह गर्नूभएको छ । ‘हामीलाई ढाँटे पनि प्रविधिलाई छल्न कठिन छ प्रशिक्षक बोहोराले भन्नुभयो– ‘ठूला खेलमा प्राविधिक तथा स्वास्थ्य परीक्षण हुँदा स्वयम खेलाडी फालिन्छ, राम्रो खेलाडी पछि पर्छ ।’
विद्यालयले नियमको पालन गर्नूपर्ने विषयलाई प्रथामिकता साथ सिकाउनु जरुरी रहेको प्रशिक्षक बोहोराको भनाई छ ।










