
अर्जुन कार्की
बागलुङ, ३२ जेठ ।
जिल्ला फुटबल संघ बागलुङको आयोजनामा भएको क्विक्स कप अन्तरविद्यालय स्तरीय छात्र फुटबलको उपाधि चिल्ड्रेन लाईफ बोर्डिङ र छात्रा तर्फको उपाधि न्यू एभरेष्टले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा रत्नलक्ष्मी माध्यमिक विद्यालय गल्कोट नगरपालिका–११ रिघालाई पराजित गर्दै चिल्ड्रेन लाईफले उपाधि चुमेको हो ।

बाङ्गेचौर खेलमैदानमा निर्धारित समयमा दुवै टिम १–१ को बराबरी पछि खेल टाइब्रेकरमा पुगेको थियो ।
प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको २८ औं मिनेटमा रत्नलक्ष्मीका सोनाम घर्तीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १ गोलले पछि परेको चिल्ड्रेनको लागि दोस्रो हाफको २८ औं मिनेटमा कप्तान अविशेक श्रीपालीले गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए ।
टाइब्रेकरमा पनि दुवै टिम ४–४ को बराबरी भएपछि चिल्ड्रेन लाईफले सडनडेथमा विजयी हासिल गर्यो । टाइब्रेकरमा चिल्ड्रेन लाईफको लागि अविशेक श्रीपाली, प्रमिश सुवेदी, विविध थापा र निश्चल महतले गोल गरेका थिएभने थोमश थापाको प्रहार रत्नलक्ष्मीका गोलकिपरले बचाएका थिए ।
यस्तै रत्नलक्ष्मीको लागि सन्दिप विक, सोनाम घर्ती, प्रमोद विक र दनेश दर्जिले गोल गरेका थिएभने विवश रानाको प्रहार चिल्ड्रेनका किपर विविध थापाले विफल पारे ।
सडन डेथमा चिल्ड्रेन लाईफले रत्नलक्ष्मीलाई १–० गोलअन्तरले पराजित गर्यो । सडनडेथमा चिल्ड्रेन लाईफका विश्वजित पुनले गोल गरेभने रत्नलक्ष्मीका विवेक विकको प्रहार चिल्ड्रेनका गोलकिपर विविध थापाले बचाएका थिए ।
यस्तै छात्रा तर्फ न्यू एभरेष्टले टाइब्रेकरमा सिदार्थ शिक्षा सदनलाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको छ ।

निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि उपाधिको छिनोफानो टाइब्रेकरबाट चुनिएको हो । टाइब्रेकरमा न्यून एभरेष्टको लागि सोनिया परियार, सपना श्रीस र अञ्जु विकले गोल गरेका थिएभने सगुन क्षेत्रीको प्रहार बाहिरीएको थियो । यस्तै सिदार्थको लागि एक मात्र गोल दिभ्या थापाले गरेकी थिइन । सिदार्थकी मेलिना पुनको प्रहार बाहिरीएको थियोभने दिक्क्षा र सम्प्रदा क्षेष्ठको प्रहार एभरेष्टकी किपरले बचाएका थिइन ।
छात्र तर्फको उपाधि जितेको चिल्ड्रेन लाईफले १५ हजार रुपैयाँ प्राप्त गर्योभने उपविजेता रत्नलक्ष्मीले १० हजार रुपैयाँमा चित्त बुझायो । यस्तै छात्रा तर्फको विजेता न्यू एभरेष्टले ५ हजार रुपैयाँ प्राप्त गर्योभने उपविजेता सिदार्थ शिक्षा सदनले ३ हजार रुपैयाँमा चित्त बुझाएको छ । प्रतियोगिताको विजेता टिमले गण्डकी प्रदेशमा सहभागिता जनाउने जिल्ला फुटबल संघले जनाएको छ । अखिल नेपाल फुटबल संघको बार्षिक क्यालेन्डर अन्तरगत भएको प्रतियोगितामा छात्र तर्फ २५ विद्यालय र छात्रा तर्फ ४ विद्यालयले सहभागिता जनाएका थिए ।










