गल्कोटमा ट्याक्सी दुर्घटना एक जनाको मृत्यु

बागलुङ, ३२ जेठ ।
जिल्लाको गल्कोट नगरपालिका–४ भेडीखोल्टामा शुक्रबार राती ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने दुई जना घाईते भएका छन् ।
गल्कोट नगरपालिकाको हटिया बजारदेखि वडा नम्बर ४ नुवाकोट जाँदै गरेको ध १ ज ५१३ नम्बरको ट्याक्सी दुर्घटना हुँदा गल्कोट–४ नुवाकोटका मनबहादुर खत्रीको उपचारको क्रममा मृत्यु भएको छभने चालक हुमबहादुर कुँवर र मृत्तक खत्रीका भान्जा आयुष कार्की घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक कृष्णहरी शर्माले जानकारी दिए ।
खत्रीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
रातको समयमा ट्याक्सी अनियन्त्रित भई सडकदेखि १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनायो । दुर्घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जानएको छ ।
मृत्तक खत्री केहि साता अगाडी जापानबाट नेपाल घर आएका थिए ।

तस्विरः गुमानसिंह भण्डारीको फेसबुकबाट ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here