गौदीखोलाको भेलले विद्युतको केन्द्रिय प्रसारण लाइनको पोल जोखिममा

गुमानसिंह भण्डारी
गल्कोट, ३० जेठ ।
गलकोटमा गौदि खोलाले केन्द्रिय प्रसारण लाईनको पोललाई जोखिममा पारेको छ ।
निरन्तरको बर्षातका कारण नरेठाटि गौदि खोलाको छेउमा गाडिएको पोलको वरपरबाट खोलाले कटान गरेपछि जोखिम बढेर गएको गलकोट नगरपालिका २ का अध्यक्ष हिम बहादुर भण्डारिले बताउनुभयो ।
एकातर्फ दुदिलाभाटि बजार हुदै उर्लिएर आउने गौदि र अर्काे तर्फ नरेठाटि बजार भएर आउने चुक्दि खोलाले कति बेला पोललाई बगाएर लैजाने हो भन्ने स्थानियमा त्रास भएको भण्डारिको भनाई छ ।
पोलमा क्षति हुदासाथ धनजन संगै गलकोटमा लामो समय विधुत अवरूद्व हुन सक्ने स्थानियको भनाई छ । गत बैशाख १ र २ गतेको भिषण बर्षातले पोललाई जोखिम बनाएको थियो भने त्यसपछि पनि निरन्तर बर्षात हुने गरेका कारण पोल व्यवस्थापन गर्नुको विकल्प नभएको बताईएको छ । यसलाइ समयमै सम्बन्धीत निकायले ब्यवस्थित गर्न स्थानियले माग गरेको वडा कार्यालयले जनाएको छ । बर्षातले नरेठाटि र दुदिलाभाटिमा मात्रै करोडौको क्षति भएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here