अमर, अमृत र सिदार्थ क्वाटरफाइनलमा प्रवेश

अर्जुन कार्की
बागलुङ, २८ जेठ ।
अमर आदर्श बोर्डिङ, अमृत आदर्श बोर्डिङ र सिदार्थ शिक्षा सदन बागलुङमा जारी क्विक्स कप अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार भएको प्रि–क्वाटरफाइनलखेलमा अमर आदर्श बोर्डिङले विद्यामन्दिर माध्यमिक विद्यालयलाई ४–०, अमृत आदर्श बोर्डिङले सनराइज बोर्डिङ स्कुललाई २–० र सिदार्थ शिक्षा सदनले फ्युचर ब्राईटरलाई २–० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।
मंगलबार पहिलो खेलमा अमरको जितको लागि आरोज सुनार नायक सावित भएका । अमरको लागि चार गोल नै सुनारले गरेका थिए । खेलको सुरुवातदेखि आक्रमक खेलेको अमरले खेलको ३ औं मिनेटमा आरोज सुनारले गोलको खाता खोलेका थिए । सुनारले १४ औं र १९ औं मिनेटमा गोलगर्दै ह्याट्रिक पुरा गरेभने २४ औं टिमको लागि र आफ्नो नाममा चौथो गोल लेखाए । पहिलो हाफ चार गोल गरेको अमरले दोस्रो हापमा भने गोलको प्रयास गरेपनि सफल हुन सकेन् ।
यस्तै दोस्रो खेलमा सनराइज बोर्डिङ स्कुललाई ०–२ गोलअन्तरले पराजित गर्दै अमृत आदर्श बोर्डिङ क्वाटरफाइनलमा प्रवेश गर्यो । अमृतको जितको लागि दुवै गोल दोस्रो हाफमा भएका थिए । खेलको ३४ औं मिनेटमा हेन्सम किसानले गोल गर्दै अमृतलाई अग्रता दिलाएका थिएभने खेलको थप गरिएको अतिरिक्त समयको १ औं मिनेटमा विवेक घर्तिले गोल गर्दै जित पक्का गरे ।
मंगलबारको तेस्रो खेलमा सिदार्थ शिक्षा सदनले फ्युचर ब्राइटर बोर्डिङलाई २–० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
खेलको ८ औं मिनेटमा फ्युचरका रवि खत्रीको आत्मघाती गोलबाट अग्रता लिएको सिदार्थको जितको लागि ४६ औं मिनेटमा निशान श्रीसले गोल गर्दै जित पक्का गरेका थिए ।
भोली (बुधबार) पहिलो खेल न्यू एभरेष्ट एकेडेमि र रुद्रेपिपल मावि, द्रोसो खेल चिल्ड्रेन लाईफ बोर्डिङ र कालिगण्डकी बोर्डिङ र तेस्रो खेल आदर्श विद्यामन्दिर र रेशनुन्थला मावि विच हुने प्रतियोगिता प्रचारप्रसार उपसमिति संयोजक सुर्य लामिछानेले जानकारी दिए ।
समुह चरणको खेलमा न्यू एभरेष्ट एकेडेमीलाई धौलागिरी विरेन्द्र माविले पराजित गरेपनि बढि उमेरका खेलाडी खेलाइएको प्रमाणित पछि एभरेष्ट अघिल्लो चरणमा प्रवेश गरेको हो । न्यू एभरेष्टले धौलागिरी विरेन्द्रले १६ वर्षभन्दा बढि उमेरका खेलाडी खेलाएको भन्दै कारवाहीको लागि निवेदन पेश गरेपछि छानविन गरि प्रमाणित भएकाले कारवाही गरिएको जिल्ला फुटबल संघका अध्यक्ष रामराज गुरुङले जानकारी दिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को बार्षिक क्यालेन्डर अन्तरगत भएको प्रतियोगितामा १६ वर्षभन्दा बढि उमेरका खेलाडीहरु खेलाउन नपाउने नियम रहेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here