गाउँपलिकालाई समृद्ध गराउनका लागि पार्टी र जनप्रतिनिधी बिच समन्वय हुनुपर्छ

कोपिला कंडेल
बागलुङ, २८ जेठ ।
नेपाल कम्युनिष्ट पार्टी काठेखोला गाउंपालिकाले पार्टी कमिटि र पार्टी सम्बद्ध जन प्रतिनिधीहरुको संगठनात्मक बैठक मंगलबार सम्पन्न गरेको छ ।
बैठकको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेश सदस्य हिरा बहादुर केसीले काठेखोला गाउंपालिका लाई सुन्दर बिकसित र सम्मृद्ध गराउनका लागि पार्टी कमिटि र जन प्रतिनिधी बिच समन्वयात्मक भुमिका हुनुपर्ने बताउनुभयो । पार्टीलाई शसक्तरुपमा अगाडी बढाउनका लागि नेतृत्व देखी कार्यकर्ता वर्ग सम्म सबैको बराबर भुमिका हुने चर्चा गर्दै ने.क.पा नेता केसीले, अबको ५ बर्ष भित्र काठेखोलालाई नमुना गाउंपालिकाको रुपमा बिकसित गर्ने बताउनुभयो । उहांले सम्मृद्ध र बिकसित समाज निर्माणका लागि ने.क.पा.ले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा ने.क.पा जिल्ला कमिटी सविच ज्ञामनाथ गैरे अनिल, काठेखोला गाउंपालिकाका अध्यक्ष अमर बहादुर थापा ने.क.पा वडा नम्वर १ का अध्यक्ष टिका थापा दुईका राम प्रशाद शर्मा तिनका याम बहादुर श्रीस चारका रन बहादुर थापा पाचका प्रेम बहादुर पुन ६ का थानेश्वर कंडेल सातका कृष्ण बहादुर कार्की आठका बेल बहादुर जिसी लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।


त्यसैगरी पुर्वाधार बिकास तर्फ प्रेम बहादुर लामिछाने पर्यटन तर्फ चित्रकला श्रीस छन्त्याल शिक्षा तर्फ बिद्यापति शर्मा कृषि तर्फ युक्त प्रसाद कंडेल, सघंसंस्थाको तर्फबाट बिवाईसी बागलुङ्गका सचिव मणीभद्र शर्मा नेकपाका खिम कार्की श्याम पुन लगायतले आफ्नो धारणा ब्यक्त गरेका थिए ।
बैठकले काठेखोला गाउंपालिका अन्र्तगत बिकास निर्माणका ६ सय बढि योजना पालिका हुदै जिल्ला प्रदेश र केन्द्रीय सरकार संग समन्वय सहकार्य र संबोधनका लागि माग गर्ने ने.क.पा काठेखोला गाउंपालिकाका अध्यक्ष दिल बहादुर कार्कीले जानकारी दिनुभयो ।
कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी काठेखोला गाउंपालिकाका अध्यक्ष दिल बहादुर कार्कीको अध्यक्षता र सचिव कृष्ण बहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here