जोखिम मोलेर बालिकाको उद्धार

बागलुङ, २८ जेठ ।
बागलुङको काठेखोला गाउँपालिका–४ तग्रामका खाना पकाउने भड्डु टाउकोमा अडकिएर विछिप्त तीन बार्षिय बालिकालाई जोखिम मोलेर उद्धार गरिएको छ ।
भाडासँग खेल्दै गर्दा अचानक टाउकोमा भड्डु अड्काएकी तग्राम–४ उनुकी एन्जीला छन्त्यालको तीन घण्टा पछि उद्धार गरिएको हो ।
आईतबार साँझ ५ बजे अडकिएको भाँडा राती साढे आठ बजे ग्रेन्डरको प्रयोगले काटिएको थियो । काठेखोला गाउँपालिका–५ का भीमबहादुर विकले जोखिम मोलेरै ग्रेन्डरको प्रयोगले टाउकोमा अडकिएको भड्डु काटेर उद्धार गर्नूभएको थियो ।
तीन घण्टासम्म टाउकको भाग थुनिए पछि बच्चाको आँखा सुनिएको छ । ‘काम अन्त्यतै जोखिम थियो’ विकले भन्नुभयो– थोर गल्तीले ठूलो क्षती हुने जोखिम उठाएर उद्धार गरियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here