
बागलुङ, २७ जेठ ।
जिल्लाको काठेखोला गाउँपालिका–५ विहुँको ग्राम विकास आधारभुत विद्यालयको ६२ औं बार्षिकोत्सव आईतबार सम्पन्न भएको छ ।
बार्षिकोत्सवको समापन समारोहमा बोल्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले सरकारको लगानी रहेको सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीहरु कै बुझाई गलत रहकाले गुणस्तर बृद्धि नगर्न नसकिएको हुँदा गुणस्तर बृद्धिको लागि अभिभावकहर सचेत बन्नुपर्ने बताउनुभयो ।
उहाँले गाउँपालिका भित्र रहेका सवै सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धिको लागि यस वर्षदेखि गाउँपालिकाले छुट्टै बजेट विनियोजित गरेर काम अगाडी बढाउन लागेको बताउनुभयो ।
कार्यक्रममा काठेखोला गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष शिवप्रसाद कंडेल, अमर माबिका निमित्त प्रधानाध्यापक रधुपति शर्मा, पुर्वप्रधानाध्यपक ज्ञानकुमारी श्रीस शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विश्वपति शर्माले ३३ लाख २९ हजार ३ सय ८५ रुपैयाँको आयव्यय सार्वजनिक गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल कंडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत शिक्षिका राधा शर्मा र संचालन तुलसीदेवी सुवेदीले गर्नुभएको थियो ।










