
गुमानसिंह भण्डारी
बागलुङ (गल्कोट), २५ जेठ ।
शिक्षाले ब्यक्तिको व्यवहारमा सकरात्मक परिवर्तन ल्याउने गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो । गलकोट नगरपालिकाले आयोजना गरेको प्रथम मेयरकप रनिङ्ग शिल्ड प्रतियोगिताको समापन सत्रमा बोल्दै गैरेले यस्तो बताउनुभएको हो ।
शिक्षाले व्यतिमा सिष्टटा, ईमान्दारिताको विकास गर्ने भन्दै नगरप्रमुख गैरेले नगरभित्रको शिक्षाको विकासका लागि नया योजना अनुसारको बजेट ल्याउने बताउनुभयो । गैरेले खेलकुद र शैक्षिक कार्यत्रमले विद्यार्थि भित्रको अन्तरनिहित प्रतिभालाई बाहिर ल्याउनका लागि महत्वपुर्ण भुमिका खेल्ने भन्दै यस्ता कार्यत्रम ब्यवस्थित गर्दै सञ्चालन गर्ने बताउनुभयो । गलकोट क्षेत्रबाट युवा शत्ति पलायन भईरहेको अवस्थामा शिक्षामा जोड दिन सके मात्रै केहि हदसम्म युवाहरू गलकोटमै रहन सक्ने उहाले बताउनुभयो ।
नगरपालिकाले तत्काल प्रतिफल दिने भन्दा पनि दिर्घकालिन योजनालाई पहिलो प्राथमिकता दिएको गैरेले उल्लेख गर्नुभयो । कार्यत्रममा प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
विद्यार्थीको प्रतिभा प्रदर्शन गर्ने उदेश्यले बागलुङको गलकोट नगरपालिकाले पहिलो पटक आयोजना गरेको मेयरकप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता अन्तरगर्त छात्र भलिबल प्रतियोगितामा गलकोट नगरपालिका १० पाण्डवखानि प्रथम, सरस्वति मावि वडा नम्बर १ दुदिलाभाटि द्वितिय र एरा मोडरल्याण्ड वडा नम्बर २ नरेठाटि तृतीय भएका छन । छात्रा तर्फ रन्नलक्ष्मि मावि रिघा प्रथम, पाण्डवखानि मावि पाण्डवखानि द्वितिय र गलकोट मावि हटिया तृतीय भएका छन ।
शैक्षिक सामाग्री प्रदर्शनीमा मावि तर्फ गलकोट मावि हटिया प्रथम, जनजागृति मावि काडेबास द्वितीय, गोल्डेन फ्युचर हटिया तृतिय, शिव मावि काडेबास, न्यु लाईफ मावि हरिचौर र महेन्द्र मावि नरेठाटि सान्तव्ना भएका छन् । आधारभुत तहको प्रदर्श्निमा मनेवा आधारभुत विद्यालय रिघा प्रथम, सानोरिघा आधारभुत विद्यालय द्वितिय, नवज्योति दुर्गा आधारभुत विद्यालय तृतीय, चमुवा आधारभुत विद्यालय र बालज्योति प्राथमिक विद्यालय सान्तव्ना भएका छन ।
त्यस्तै लोक नृत्य तर्फ गोल्डेन फ्युचर हटिया प्रथम, न्यु लाईफ आवसिय मावि द्वितीय, भैरव मावि बासखोला तृतीय, सरस्वति मावि, बालकल्याण प्राथमिक विद्यालय, शिव सान्तव्ना र उत्कृष्ट नृत्य तर्फ शिव मावि बिजयि बनेको छ । मावि तर्फको चित्रकला प्रतियोगितामा शिव मावि प्रथम, गलकोट मावि द्वितिय, जनजागृति मावि तृतिय र चौराह मावि सान्तव्ना भएका छन् । आधारभुत तर्फ दुदिलाभाटि ईङलिस स्कुल प्रथम, जनजागृति मावि द्वितीय, एकता आवसिय मावि तृतीय र गलकोट मावि सान्तव्ना भएका छन् ।
सो अवसरमा कार्यत्रमको औचित्यको बिषयमा नगरपालिकाका शिक्षा अधिकृत उपसचिव पदमराज आचार्यले प्रष्ट पार्नुभएको थियो । कार्यत्रम गलकोट नगरपालिकाका सामाजिक विकास समितिका संयोजक हिम बहादुर भण्डारिको अध्यक्षता र हरि चालिसेको सञ्चालनमा सम्पन्न भएको थियो ।










