गायक कुलेन्द्रलाई पर्वत समाज कतारको सम्मान

सन्तोष क्षत्री
२५ जेठ ।
पछिल्लो समयका बहुचर्चित लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्मालाई पर्वत समाज कतारले सम्मान गरेको छ ।
कार्यक्रमको सिलसिलामा कतारको दोहा पुगेका विश्वकर्मालाई लोक दोहोरीको क्षेत्र मार्फत पर्वतलाइलाई पहिचान गराएको भन्दै शुक्रबार एक कार्यक्रमका बिच सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै गायक विश्वकर्माले पर्वत समाज कतारको कलाकार प्रतीको सम्मानलाई आभार व्यक्त गर्दै लोकगित संगीतको जगेर्ना गरि आफनो कला मार्फत आफ्नो जन्म ठाउँलाई संसार भर पहिचान गराउने बताए । मीठो स्वरका धनी गायक कुलेन्द्रले पछिल्लो समयको चर्चित गित सालको पात संगै लाउछ माया, रुमाल हल्लाइ हल्लाइ, भुल्नै भयो धौ लगाएतका दर्जनौं हिट गित दिएका छन । शुक्रबार नै कार्यक्रमको शिलसिलामा कतार बाटै युके जान लागेका उनलाई सोही अवसरमा बिदाइ समेत गरिएको छ ।


संस्थाका अध्यक्ष सबिन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सस्थापक भुपति भट्टराइ, संरक्षक छबिलाल भट्टराइ, अजय बिक सल्लाहकार आनन्द सुवेदी, मानार्थ सदस्य डिल्लीराम भट्टराई, अनुशासन बिभाग प्रमुख याम बहादुर क्षत्री, सास्कृतिक बिभाग प्रमुख शक्ति क्षत्री, संस्थापक विकास लामिछाने र नेपाल पत्रकार महासङ्ग कतार शाखाका सचीव दिलकुमार श्रेष्ठले कलाकार विश्वकर्माको कलाकारिता क्षेत्रमा थप प्रगतिको सुभकामना व्यक्त गरे । समाजका प्रथम उपाध्यक्ष श्याम न्यौपानेले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सचीव शेषराज तिमिल्सिनाले गरेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here