बगलुङमा क्विक्स कप फुटबल भोलीदेखि, एन्फाले निकाल्यो टाइसिट

बागलुङ, २४ जेठ ।
जिल्ला फुटबल संघ बागलुङले शनिबारदेखि हुने क्विक्स कप अन्तरस्कुल स्तरीय छात्र तथा छात्रा फुटबल प्रतियोगिताको टाइसिट प्रकाशित गरेको छ । शुक्रबार एन्फाले गोलाप्रथा मार्फत खेलको टाइसिट निकालेको हो ।
एन्फाले छात्रा तर्फ शनिबारदेखि बागलुङ हुने प्रतियोगितामा २० टिम र सोमबार र मंगलबार गल्कोट नगरपालिका–११ रिघामा भएको इलाका छनौटमा सहभागि ५ टिम गरि २५ विद्यालयले सहभागिता जनाउन लागेको जनाएको छ । यस्तै छात्रा तर्फ ४ विद्यालयको सहभागिता रहेको छ ।
शनिबार अमर आदर्श मावि र सिदार्थ शिक्षा सदनको छात्रा टिम विच उद्घाटन खेल हुने एन्फा बागलुङले जनाएको छ । यस्तै दोस्रो खेलमा छात्रा तर्फनै चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल विरुद्ध न्यू एभरेष्ट एकेडेमि विच हुनेछ । प्रतियोगिताका विजेता टिमले जेठ ३२ गते फाइनल खेल खेल्नेछन् ।
यस्तै एन्फाले निकालेको टाइसिट अन्तरगत आईतबारदेखि समुह चरणमा छात्र तर्फ ३ समुहको खेल हुने जनाइएको छ । एक समुहको खेल इलाका छनौटको रुपमा मंगलबार गल्कोट नगरपालिका–११ रिघामा सम्पन्न प्रतियोगिताको विजेता रत्नलक्ष्मी मावि सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
प्रतियोगितामा छात्र तर्फको विजेताले नगद १५ हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै छात्रा तर्फको विजेता टिमले ५ हजार रुपैयाँ र उपविजेता टिमले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
अखिल नेपाल फुटबल संघ एन्फाको बार्षिक क्यालेन्डर अन्तरगत हुन लागेको प्रतियोगिता जेठ ३२ गतेसम्म संचालन हुनेछ ।
हेर्नुहोस् टाइसिट

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here