एकतर्फि पार्किङले सुन्दर बन्दै बागलुङ बजार

राम प्रसाद घिमिरे
बागलुङ, २३ जेठ ।
जिल्लाको सबैभन्दा ठुलो ब्यापारिक केन्द्र हो बागलुङ बजार ! साविक धौलागिरि अञ्चलको सदरमुकाम बागलुङ बजार देशकै गौरवको आयोजना मध्यपहाडी राजमार्ग (puspalal Highway) र कालिगण्डकी करिडोरको सङ्गमस्थल भएर पनि होला सवारी चाप निकै हुने गर्छ ।
म बिक्रम संवत् २०६७ साल तिर बागलुङ आउँदा सवारी क्षेत्रमा जे थियो बागलुङ हालसम्म पनि अव्यबस्थित सवारी पार्किङको पर्याबाची नाम बनिरहेको छ ।
अझ अनौठो कुरा त के छ भने फुटपातको अभाबमा बानी बसेका नागरिक जो सडकको बिचबाट हिड्छन । बागलुङदेखि बाहिरी जिल्लाका बजारका सडकको बिचमा अरुकोही हिड्यो भनेपनि उ बागलुङ्गे आए भन्छन ।
निर्माण सामाग्रीको अबरोध, विवाह, व्रतवन्ध, सार्वजनिक कार्यक्रमको सधैं निशानामा पर्ने बजारका सडकले नागरिकको दैनिकी निकै कठिनपुर्ण अबस्थाले व्यातित् भईरहेको छ ।
सरकारका कानुन कार्यान्वयन गर्ने अधिकांश निकायहरु अवस्थीत रहेको बागलुङ बजारको पार्किङ वेथिती निकै बर्षदेखि यथावत् रहिरहेको थियो ।
सवारी दुर्घटना न्युनिकरण गर्न र सवारी आवागमन सहज गराउने सरकारी निकाय ट्राफिक कार्यलय छ तर सवारी अनुशासन कायम गर्न निकै कठिनाई भईरहेको थियो ।
किनभने समस्या जस्ताको त्यस्तै रहिरहेको थियो । व्यस्थ जीवनशैली, सुबिधाभोगी सोचको बिकाशसंगै सवारी साधनको प्रयोग दिनानुदिन बढ्दो अवस्थामा छ ।
बागलुङ बजारको बिगतको अभ्यास हेर्ने होभने नियम जान्नेहरु धेरै भए, मान्नेहरु भएनन् । नियम बनाउनेहरु धेरै भए तर पालना गराउनेहरु भएनन् । पार्किङ ब्यावस्थापन, सिसि क्यामरा ब्यवस्थापन लगायत ट्राफिक नियमसँग सम्बन्धित अवरोध दशकौंदेखि झेल्दैआएका बागलुङ बजारबासीहरु बर्तमान समयका केही साता यता यातायात क्षेत्रमा केही सहज एवं सुधार महशुस गर्न पाईरहेका छन् ।
बागलुङ नगरपालिकाको मुख्य अगुवाईमा पार्किङ, सिसि क्यामरा ब्यावस्थापन सम्बन्धी कार्यदल गठन गरि कार्य सुरुवात गरिसकेको छ । कार्यदलका संयोजक तथा वडा नं २ का वडा सदस्य अर्जुन घिमिरे भन्छन्–‘हामी बजारको ट्राफिक ब्यावस्थापनको सुरुवात चरण अन्तरगत बजारको मुख्य सडक ट्राफिकचोक देखि जिपपार्कसम्म वन साईड पार्किङको सुरुवात गरिसकेका छौँ, यसमा सबैको सहयोग भईरहेको छभने बजारका अन्य सडक सडकमा यो कार्य निकट समयमा नै सुरु गर्दैछौं । यसको अलावा सिसि क्यामरा, नाली व्यवस्थापन, कन्भेक्स मिरर, जेव्राक्रसिङको व्यवस्था लगायतको लागि बागलुङ नगरपालिकाबाट ६ लाख बजेट बिनियोजन भयको छ । बागलुङ बजारबासी सबैको सहयोगमा मात्र अभियान सफल हुने विश्वास व्यक्त गर्दै उनी थप्छन ‘नागरिकको सहयोग बिना राज्य केही गर्न सक्दैन तसर्थ बागलुङ बजारबासीको पुर्ण सहयोगको अपेक्षा गर्दछु ।’
यस अभियानको बिषयमा नगरप्रमुख जनकराज पौडेल भन्छन्–‘हामी स्वच्छ, सफा, व्यवस्थित, समृद्ध एवं नमुना नगरबनाउने अभियानमै छौं यसमा सम्पुर्ण बजारबासी लगायत नगरबासीको रचनात्मक साथ र सहयोग बागलुङ नगरपालिका हरपल अपेक्षा गर्दछ ।’
कानुन कार्यन्वयन गर्ने सरकारी निकायको अर्थपुर्ण अभ्यासको अभावमा देशमा आशातित सुविधा र बिकास हुन नसकिरहेको परिप्रेक्ष्यमा बागलुङ नगरपालिकाको यो कदम सरह्रनिय छ ।
जिल्लाको ट्राफिक ब्याबस्थापन गर्ने निकाय जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख शुक्र बहादुर बिक भन्छन्–‘यो अभियान कार्यन्वयन गर्न सुरुमा केही कठिनाई भयो तर पछि नागरिकमा जनचेतनाको बिकाससँगै सुधार भैरहेको छ, सुरुमा उल्लङ्घन गर्नेहरुलाई सम्झाईबुझाई गरि छोडेका छौं भने पटकपटक दोर्होयाउने केहिलाई कारबाही पनि गरेका छौं र अहिले लगभग पुर्णरुपमा लागू भईसकेको छ ।’
हरेक देशका नागरिक कानुनका पालनकर्ता र अधिकारका हकदार हुन्छन । राज्यले चाहेमा हरेक कानुन लागू गर्न सक्दछ । तर सातदशक यता नेपालमा हुने राज्य परिवर्तनको मौसमि अभ्यासको कारण कानुनको प्रभावकारी कार्यन्वयनमा चुनौति देखिरहेको थियो ।


स्थानिय तहको चुनाव पछि निर्माण भएको तिनै तहको स्थिर सरकारसंगै देशमा बिकासको नयाँ आशा र बिश्वास बढिरहेको छभने बिकास तथा सुधारका नयाँ लहर पनि आईरहेका छन् ।
यदि सरकारको कदम प्रभावकारी हुनेहो भने छोटो समयमै सुधारका सङ्केत देखिन्छन भन्ने उदाहरण बनेको छ बागलुङको एकतर्फि पार्किङ । ‘सरकार तँ आँट हामी जनता कानुन मान्न आतुर छौं ।’ बिकासे सस्थांहरुको बिचमा देखिएको पराकिलो दुरिका कारण बजारमा समयसमयमा एक संस्थाले गरेको बिकास अर्को संस्थाले भत्काउने अभ्यासले पनि बागलुङ बजार र बजारका नागरिक आक्रान्त छन् । किनकि नगरपालिकाले बनाएको सडक खानेपानी संस्थाले भत्क्याउने, खानेपानी संस्थाले बनाएको सडक, सडक बिभागले भत्काउने अभ्यासका कारण सधैं जसो बजारमा हिलो, धुलो, खाल्टा, खुल्टि भईरहने बजारमा एकतर्फि पार्किङ (यलभ कष्मभ उबचपष्लन) ले निकै सहज र सुधारको सङ्केत देखाईरहेको छ ।
बागलुङ बजारमा देखियको यो सकरात्मक सुधारको सङ्केतलाई दिगो गराउन एवं सडकको मापदण्ड बिपरित निर्माण गरिएका संरचनाहरुलाई कानुनको दायरामा ल्याई सुधार गर्नसके बागलुङ बजारको गुमिरहेको सुन्दर फर्कनेमा कुनै दुईमत छैन । तर यसको लागि नगरपालिकाको निरन्तर प्रभावकारी कदमको आबश्यक छ भने नागरिक स्तरबाट रचनात्मक सहयोगको पनि आबस्यकता पर्दछ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here