सुन्तला पहिचानको वडा बन्दै काठेखोला–६ बिहुँ

बागलुङ, २२ जेठ ।
बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँ पहिचान सहितको वडा निर्माणमा जुटेको छ ।
कृषिमा आत्मनिर्भर सहितको वडा बनाउन कार्यालयले अधिकांश बजेट तथा कार्यक्रम कृषि केन्द्रीत गरेको हो ।
वडालाई सुन्तला जोनको रुपका विकास गर्न ११ वटा ब्लग निर्माण गरी सुन्तला विरुवा रोप्ने काम भैरहेको वडाध्यक्ष युक्तप्रसाद कँडेलले जानकारी दिनुभयो । बिहुँ सुन्तला उत्पादनको पकेट क्षेत्र मानिन्छ । वडा भित्रका ११ स्थानको करिव ६० हेक्टर क्षेत्रफललाई ब्लगका विभाजन गरी सुन्तला रोप्नको लागि अनावश्क रुख फडानी काम भैरहेको उहाँले बताउनुभयो ।
वडा कार्यालयले गतवर्ष २५० विरुवा वितरण गरेको थियो । सामुहिक उत्पादनको नमुना स्वरुप सुन्तला खेतीलाई विस्तारको योजना बनाएको अध्यक्ष कँडेलको भनाई छ । वडा कार्यालयले कृषकलाई आवश्यक औषधी तथा विरुवा उपलब्ध गराउने प्रयास गरेका छौँ उहाँले भन्नुभयो–‘दुई जना कर्मचारी खटाएर नयाँ ब्लगमा औषधी छर्ने तथा विरुवा लेपकको काम गर्ने छौँ ।’
वडा अध्यक्ष युक्तप्रसाद कँडेलले कृषिलाई पहिलो प्राथमिकतामा राखेर कृषिलाई प्रबद्र्धन गर्न खोजको बताउनुभयो । अध्यक्ष कँडेलले बागलुङको दुग्ध उत्पादनमा काठेखोला गाउँपालिका ६ को महत्वपूर्ण योगदान रहेको बताउँदै दूग्ध उत्पादनलाई थप व्यस्थपन गराउनको लागि काठेखोला गाउँपालिका र वडा नम्बर ६ ले विभिन्न योजना बनाएको बताउनुभयो ।
विहुँबाट गत वर्ष दुध विक्रीबाट एक करोड ३५ लाख, ९० हजार दुई सय, एक करोड ५० लाख ३० हजार दुई सय ५० को सुन्तला तथा कागती, ८ लाख ९५ हजार दुई सयको केरा, ७५ हजार तीन सय ५० को अम्बा, ४ लाख ५० हजार तीन सय ५० को घुसुवाबाली तथा तरकारी, खसीबाख्राबाट ३ लाख ९० हजार गरी कुल ३ करोड ४१ लाख तीन सय ५० रुपैयाँ भित्रिएको अध्यक्ष कँडेलले जानकारी दिनुभयो ।
वडा कार्यालयले बुधबार आयोजना गरेको कार्यक्रममा पत्रकार नविन शिशिर विक, तारानाथ आचार्य लगायतले जिज्ञासा राख्नुभएको थियो ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीष, पूर्व अध्यक्ष रामबहादुर जिसी, नेपाली कांग्रेसका भवानी शंकर कँडेल, नेपाल कम्युनिष्ट पार्टी नेकपाका थानेश्वर कँडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका देवीप्रसाद कँडेल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम वडा सदस्य मनोहर कँडेलको स्वागत र सचिव अमृता पुनको संचालनमा सम्पन्न भएको हो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here