
बागलुङ, २२ जेठ ।
बागलुुङको ताराखोला गाउँपालिका–१ भुुस्कातमा २० औ सरसफाई सप्ताह विविध कार्यक्रम सहित मनाउन सुरु गरिएको छ ।
सप्ताहको पहिलो दिन बुधबार जनप्रेम माविमा आयोजना गरिएको लोकगित प्रतियोगितामा सुुस्मिता विकको समुुह प्रथम, दिपा गुुरुङको समुुहको द्धितिय र धनमाया विकको समुुह तृतिय भएका छन् ।
कार्यक्रममा बोल्दै स्वास्थ्य प्रवर्धक मेनुुका पुुनले पूर्ण सरसफाई वातावरण भएमा दिगो विकास लक्ष्य प्राप्तमा सहयोग पुग्ने बताउनुभयो । उहाँले सबै लागेर वातावरण सरसफाईमा सहयोग गर्न सके कुुनै पनि सरुवा रोग नलाग्ने जानकारी दिनुुभएको थियो ।
कार्यक्रममा समाजसेवी दलबहादुर गुुरुङ, पशुु प्राविधिक कमला आचार्य र शिक्षक हरिप्रसाद शर्माले बोल्नुुभएको थियो । जनप्रेम माविबाट सुरु भएको ¥याली गाउँ परिक्रम गरी वडा कार्यालयमा पुगेको थियो ।
कार्यक्रम वडा प्रतिनिधि रुपा वि.कको अध्यक्षता, शिक्षिका तेजुु गुरुङको स्वागत र शिक्षक तेज बहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।










