
बिनोद प्रियँ बिश्वकर्मा
बुतिवाङ, २१ जेष्ठ ।
जिल्लाको निसीखोला गाउँपालिकामा ७ दिने माहुरि पालन तथा घार व्यवस्थापन तालिम आईतबारदेखि सुरु भएको छ ।
घरेलु तथा साना उद्योग विकास समिति बागलुङको आर्थिक सहयोग तथा निसीखोला गाउँपालिकाको सहजीकरणमा झिवाखोला बजारमा तालिम सुरु भएको हो । तालिममा माहुरीपालनका आधारभुत कुरा, परम्परागत घारबाट आधुनिक घारमा माहुरी व्यवस्थापन लगाएतका बिषयमा जानारी गराइने जनाइएको छ ।
तालिममा निसीखोला गाउँपालिका भित्रका १० जना कृषकको उपस्थिती रहेको तालिममको सहजिकरण घरेलु उद्योग बागलुङका निरज भट्टराई र र बोम थापाले गर्नुहुने जनाइएको छ ।










