
बागलुङ, २० जेठ ।
बागलुङमा २०७१ साल देखी आपाङगताको क्षेत्रमा काम गर्ने उदेश्यले संचालित सिविआर परियोजना सकिएको छ ।
आई एन एफ नेपाल र स्थानिय साझेदार संस्था अपाङगता सरोकार संघद्धारा संचालित सिविआर परियोजनाले बागलुङमा समिक्षा कार्यक्रम गरी समापन घोषणा गरेको हो ।
कार्यक्रममा परियोजनाले हाल सम्म गरेको कामको वारेमा आईएनएफ नेपालका शिविआर अधिकृत सुर्य बहादुर कुँवरले जानकारी गराउनु भएको थियो ।
कुँवारले ५ वर्षको अवधिमा अपाङगता भएको व्यक्तिहरुको सशक्तिकरण, एकिकृत पुर्नस्थापना, समुदायमा सहभागीता, सहयोग सामाग्रि वितरण, आयआर्जनमा सहयोग, विद्यालय भर्ना अभियान, विद्यालय तथा स्वास्थ्यचौकीमा आपाङ मैत्री संरचना निर्माण, अपाङगता अधिकार सम्वन्धी तालिम गोष्ठी लगाएतका काम गरेको जानकारी दिनुभयो ।
२०७१ सालबाट सुरु भएको परियोजनाले तत्कालीन ६ वटा गाविसलाई कार्यक्षेत्र वनाई काम सुरु गरेको थियो । साविकका तित्याङ, सिगाना रेश, लेखानी, विहुँ र तग्राममा १५ वटा स्वाभलम्वन समुह गठन गरी १५ लाख भन्दा वढी पुँजी परिचालन गरी आर्यआर्जन भैरहेको जनाईएको छ ।
आपाङगता सरोकार संघ बागलुङका अध्यक्ष चिजा थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै काठेखोला गाउँकार्यपालिका सदस्य शारदा थापाले समाजमा अझैपनी अपाङगता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण फरक रहेको बताउनुभयो । अपाङगता भएका व्यक्तिहरुलाई राज्यले संरक्षा गर्न आवश्य रहेको बताउनुभयो ।
कार्यक्रममा अपाङगता भएका व्यक्तिहरुको जिल्ला स्तरिय संजाल बागलुङका अध्यक्ष गंगाप्रसाद कंडेलले बोल्नु भएको थियो ।
कार्यक्रममा सहभागी अपाङगता भएका व्यक्तिका अभिभावकले परियोजनाले समाजमा सकारात्मक प्रभाव पारेकोले यस्ता खाले कार्यक्रम निरन्तर आवश्यक रहेकोे बताएका थिए ।
अपाङगता सरकोकार संघ बागलुङका सचिव टिकारम सापकोटाले स्वागत गर्नुभएको कार्यक्रम आई एन एफ नेपाल कलष्टर पोखराका म्यानेजर विष्णु गिरीको धनयवाद मन्तव्य र कार्यक्रम संयोजक राप्रसाद घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।










