
बागलुङ, १४ जेठ
नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले सिक्ने र सिकाउने प्र्रक्रिया जीवनको अन्तिम समय सम्म चलिरहने भएकाले सिक्न तत्पर हुनु पर्नेमा जोड दिनु भएको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले मंगलबार देखि बागलुङ बजारमा सञ्चालन गरेको आधारभूत उद्घोषण तथा पत्रकारिता तालिमको उद्घाटन गर्दै शिरिषले यस्तो बताउँनुभएको हो ।
जन्मेको केहि महिनामै बोल्न सिके पनि बोल्ने कलाको सिकाई जीवन भर नसकिने उहाँको भनाई थियो । ‘समय परिस्थिति र परिवेश अनुसार बोली बेचेर खान सकिन्छ, शिरिषले भन्नुभयो, सबैले सुनौ सुनौ लाग्ने गरि बोल्ने या कसैले सुन्नै नचाहने गरि बोल्ने यो पनि एउटा कला हो ।’ ‘मिठो बोलीले सबैको मन जित्न सकिन्छ, उहाँले भन्नुभयो बोल्न त हामी सबै बोलिरहेका छौं त्यही बोलिलाई मिठास भरेर बोल्ने कला सिक्नुपर्छ ।’
तालिमको उद्घाटन कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु)ले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका प्रबन्धक दिपकराज सापकोटाले आदर्श सञ्चार सहकारी संस्थाले बचत र ऋणको कारोबार मात्र नगरेर सामाजिक कार्यहरु गर्दै आएको बताउँनुभएको थियो ।। तालिमको पहिलो दिन सहभागिहरुलाई संस्थाका सह–सम्पादक सिर्जना पन्तले उद्घोषण कला सम्बन्धी प्रशिक्षण दिनु भएको थियो । १४ गतेदेखि सुरु भएको तालिम १८ गते सम्म सञ्चालन हुने संस्थाले जनाएको छ । तालिममा २० जनाको सहभागिता रहेको छ ।










