हटिया बजारमा जेब्राक्रस

बागलुङ, १३ जेठ ।
गल्कोट नगरपालिकाको हटिया बजारको मेन सडकमा जेब्राक्रस बनाइएको छ । पैदल यात्रुहरूको समस्यालाई ध्यानमा राखेर गलकोट नगरपालिका ३ हटियाले बजार क्षेत्रका विद्यालय, जिपपार्क, अस्पताल, बैक लगायतमा आउजाउ गर्न सहज हुने गरि ३ स्थानमा जेब्राक्रस बनाईएको बाड अध्यक्ष बिरजङ भण्डारिले बताउनुभयो ।
पछिल्लो समय गलकोटमा सवारि साधनको चाप बढन थालेपछि बिद्यार्थी तथा अन्य पैदल यात्रुहरूलाई बाटो काटन समस्या परेको भन्दै जेब्राक्रस राखिएको वडा सदस्य झहर बहादुर खत्रीले बताउनुभयो ।
गलकोटमा अधिकांशलाई ट्राफिक नियम सम्बन्धि बाटो काटने, यात्रा गर्ने, सवारि साधन चलाउने लगायतका बिषयमा जानकारी नभएकाले बिद्यार्थी, पैदल यात्री तथा ड्राईभरहरूलाई जनचेतना मुलक सन्देश दिईने ईलाका प्रहरी कार्यालय गलकोटका प्रमुख केशव बिक्रम थापाले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here