उपरष्ट्रपति चिल्डे्न्स गेम्समा बागलुङलाई ५ स्वर्ण

बागलुङ, १३ जेठ ।
उपराष्ट्रपति चिल्डे्न्स गेम्स प्रतियोगितामा गण्डकी प्रदेशमा बागलुङ उपविजेता बनेको छ । बागलुङले ५ स्वर्ण, ३ रजतसहित उपविजेतामा चित्त बुझाएको हो ।
बागलुङले उसुमा ५ स्वर्ण सहित १ रजत पदक जितेको थियो । उसुमा अंकित घिमिरे, दिपशिखा किसान, मिलन थापा, काजल वि.क., समिक्षा पाईजा, रिना मगरले स्वर्ण पदक जितेका थिए । यस्तै अनमोल बोहोराले रजत पदकमा चित्त बुझाए ।
यस्तै उक्त प्रतियोगिताबाट गण्डकी प्रदेशको लागि कबड्डीमा बागलुङका ३ जना खेलाडीहरु छनौट भएका छन् । राष्ट्रिय प्रतियोगितामा भाग लिनको लागि गण्डकी प्रदेशको टिममा बागलुङका जिवन बलोन, विशाल मल्ल र सविन पुनले स्थान सुरक्षित गरेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here