बागलुङ बजारमा शंकास्पद बस्तु फेला

बागलुङ, १३ जेठ
बागलुङ बजारमा सोमबार (आज) विहानै शंकास्पद बस्तु फेला परेको छ ।
बागलुङ नगरपालिका वडा नम्बर २ गोल्डेन गेटको माथिल्लो चोक एमाहा बाईकको स्वरुम भएको भरको पेटी)मा शंकास्पद बस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोर्ट टोलीले विष्फोटक पदार्थ निष्कृय गर्ने तयारी गरेको छ ।
नेत्र विक्रम चन्दको नेकपाले आज आव्हान गरेको नेपाल बन्दको विहानै शंकास्पद बस्तु फेला पर्दा स्थानियहरुले बम रहेको आशंका गरेका छन् । बन्दलाई सफल पार्न विष्फोटक पदार्थ राखेको हुन सक्ने स्थानियहरुले बताए ।
अहिले नेपाली सेनाको टोलीले विष्फोटक पदार्थ निष्कृय गर्ने तयारी गरेको छ ।
यस्तै बागलुङ बजारमा नेपाल बन्दको प्रभाव परेको छ । बजारमा विहानै देखि एम्बुलेन्स, दुधको गाडी, पानीको गाडी बाहेकका अन्य सवारी साधनहरु संचालन भएका छैनन् भने विद्यालयहरु पनि खुलेका छैनन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here