
बागलुङ, १० जेठ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा बागलुङ नगरपालिका–१ रामरेखा वडा कमिटीका पदाधिकारी तथा सदस्यले शुक्रबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
वडा कमिटीले आयोजना गरेको सपथ ग्रहण कार्यक्रममा प्रदेश कमिटी सदस्य एवं जिल्ला कमिटीका सचिव ज्ञामनाथ गैरेले पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण गराउनुभएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला कमिटीका सचिव गैरेले अहिले देशमा नेकपाको सरकार ररहेको र अहिले देशको प्रमुख प्रतिपक्ष दलले सरकारका राम्रा कामलाई पनि गलत ढंगले नकारात्मक प्रचारबाँजी गर्ने गरेको बताउँदै त्यसलाई चिर्दै सरकारले गरेका राम्रा कामको प्रचार गर्न सम्पूर्ण कार्यकर्ताहरु लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला कमिटी सदस्य टक बहादुर बोहोरा र नगरकमिटी सदस्य लक्ष्मी बोहोराले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम वडा कमिटी अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षता, सदस्य शान्ति शर्माको स्वागत र सचिव सुर्य लामिछानेको संचालनमा सम्पन्न भएको थियो ।










