
हरिकृष्ण गौतम
म्याग्दी, ९ जेठ
बेनी नगरपालिका वडा नं ४ मा एक बालिकामाथि सामुहिक बलात्कारमा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । घरबाट शौचालय जाँदै गरेको अवस्थामा सामुहिक बलात्कारको शिकार भएकी बालिकाले एकजना अभियुक्तलाई पहिचान गरेपछि प्रहरीले घटनामा संलग्न तीनजनालाई नै पक्राउ गरी बिहिबार जिल्ला प्रहरी कार्यालय म्याग्दीमा सार्वजनिक गरेको हो । घटना मंगलबार राती करिव १२ बजे भएको प्रहरीको भनाई छ । बालिकालाई घर नजिकैको पाखोमा लगेर बलात्कार गरेको बताइएको छ ।
बेनी नगरपालिका वडा नं ५ बस्ने २५ बर्षिय कृष्ण विक, सोही स्थानका २१ बर्षिय विकास किसान र १९ बर्षका प्रेम किसानले बालिकालाई सामुहकि बलात्कार गरेका थिए ।छिमेकी गाउँ डडुवाको मेलामा सहभागाी भएर फर्किने बेलामा सामुहिक बलात्कार गरेको अभियुक्तको भनाई उद्धित गदैं प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले बताउनुभयो ।
दुईजनालाई गाउँबाटै र एकजना भाग्दै गरेको अवस्थामा मालिका गाउँपालिकाको रुमबाट नियन्त्रणमा लिइएको थियो । घटनाको भोलिपल्ट पिडित बालिकाले तातोपानीको प्रहरी चौकीलाई जानकारी दिएपछि घटना सार्वजनिक भएको थियो । बलात्कारपछि बालिका करिव दुईघण्टा बेहोस भएकी थिईन् । तीनै जना युवाले पालैपालो बलात्कार गरेका थिए पीडित र घटनामा संलग्न तीनैजनाको स्वास्थ्य परिक्षण गरिएको छ । जिल्ला अदालतबाट तीनदिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।
घटनामा संलग्न २६ बर्षिय कृष्ण किसान केही महिना अगाडी मात्रै बैदेशिक रोजगारबाट फर्किएका थिए । बलात्कारमा संलग्न तीनैजनालाई शरीर बन्धक, जवरजस्ती करणी मुद्धा दर्ता गरिएको छ । पीडितका आफन्तले आजीवन जन्मकैदको माग समेत गरेका छन् ।










