
गुमानसिंह भण्डारी
गल्कोट (बागलुङ), ९ जेठ ।
गलकोट नगरपालिका–२ नरेठाँटीका तीन बस्तिी गौदी खोलाको उच्च जोखिममा परेका छन् ।
नरेठाँटीका बजिनि, निग्राह र पुलचोक बस्ती गौदि खोलाको उच्च जोखिममा परेका हुन । गत बैशाख १, २ गते र जेठ ८ गतेको भिषण बर्षातले गौदि खोलामा आएको बाढिका कारण नरेठाँटिको १ घर बिस्थापित बनेको छभने ५ घर जोखिममा परेका छन् । बुधबार आएको बाढिका कारण गलकोट नगरपालिका–२ नरेठाटिको निग्राहबाट खोलाको सतह मोटरबाटो सम्म आएका कारण खोला बस्तीमा पस्न सक्ने सम्भावना बढेर गएको वडा अध्यक्ष हिम बहादुर भण्डारीले बताउनुभयो ।
ढुङगा र बालुवाले गर्दा खोला र मोटरबाटोको सहत बराबर भएको छ । नरेठाँटीदेखि दुदिलाभाटि जोडने मोटरबाटोबाट खोला पस्न सक्ने भन्दै स्थानियहरु त्रसित बनेको वडाअध्यक्ष भण्डारिको भनाई छ । दिनप्रतिदिन भारि बर्षात हुन थालेपछि खोला आसपासका स्थानियहरू रातको समयमा जाग्राम बस्न बाध्य छन् । समयमै ग्याविन जाली लगाई खोला ब्यवस्थापन गर्न नसके खोलाले ठुलो धनजनको क्षति पुर्याउन सक्ने स्थानियको भनाई छ ।
खोलाले दिनप्रतिदिन घरनजिकको जग्गा कटान गर्न थालेपछि छविलाल बिकको घर बिस्थापित बनेको हो । यस्तै किराना पसल गर्दै आएका दिलिप केसिको परिवार समेत अनेन्त्र बसाई सरेका छन् । वडा कार्यालयले तत्काल ग्याविन जालि खरिद गरि तटबन्ध गरिने अध्यक्ष भण्डारिले जानकारी दिनुभएको छ ।










