
बागलुङ, ८ जेठ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा कोठखोला गाउँपालिका–३ धम्जा वडा कमिटीका पदाधिकारी तथा सदस्यले बुधबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
वडा कमिटीले आयोजना गरेको सथप ग्रहण कार्यक्रममा जिल्ला कमिटी सदस्य अमरबहादुर थापाले पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण गराउनुभएको हो ।
कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिका अध्यक्ष समेत रहनुभएका थापाले जनताको काममा स्थानीय सरकार र पार्टी संगठनले एकसाथ काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य खुमबहादुर भण्डारी, नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङका अध्यक्ष गोविन्द भण्डारी, काठेखोला गाउँ कार्यापालिका सदस्य सुन्तली विक, गोपाल श्रीस लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम वडा कमिटी अध्यक्ष यामबहादुर श्रीसको अध्यक्षता, सुनिता गौचनको स्वागत र दिपेन्द्र खत्रीको स्वागतमा सम्पन्न भएको थियो ।
यस्तै काँठेखोला गाउँपालिका वडा नम्बर १ मा काँठेखोला गाउँ कमिटीका सचिव कृष्ण थापाले वडा कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो ।
कार्यक्रम वडा कमिटी अध्यक्ष टिका थापाको अध्यक्षतमा सम्पन्न भएको थियो ।
यस्तै वडा नम्बर २ भीमापोखरामा जिल्ला कमिटी सदस्य गंगाकुमारी शर्माले वडा कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । वडाअध्यक्ष रामप्रसाद शर्माको अध्यक्षता र संचालन सचिव नारायणदत्त रेग्मीले गर्नुभएको थियो ।
यस्तै वडा नम्बर ४ तंग्राममा जिल्ला कमिटी सदस्य श्याम पुनले वडा कमिटीा पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रम वडा कमिटीका अध्यक्ष रनबहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यस्तै वडा नम्बर ५ विहुँमा जिल्ला कमिटी सदस्य बालकृष्ण कंडेलले वडा कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रम वडा कमिटी अध्यक्ष प्रेम पुनको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यस्तै वडा नम्बर ६ विहुँमा जिल्ला कमिटी सदस्य टिकाराम सापकोटाले वडा कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रमको अध्यक्षता वडा कमिटी अध्यक्ष थानेश्वर कंडेलले गर्नुभएको थियो ।
यस्तै वडा नम्बर ७ रेशमा जिल्ला कमिटी सचिव ज्ञामनाथ गैरेले वडा कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रम वडा कमिटि सदस्य अमर बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यस्तै वडा नम्बर ८ लेखानीमा काठेखोला गाउँ कमिटीका अध्यक्ष डिल बहादुर कार्कीले वडा कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रम वडा कमिटी अध्यक्ष बेलबहादुर जिसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।










