
बागलुङ, ६ जेठ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को काठेखोला गाउँपालिकामा गठन भएको काठेखोला गाउँ कमिटिका पदाधिकारी तथा सदस्यहरुले सोमबार सपथ लिएका छन् ।
काठेखोला गाउँ कमिटिका अध्यक्ष डिल बहादुर कार्की र सचिव कृष्ण बहादुर थापा सहित ७५ सदस्य समितिलाई प्रदेश कमिटि सदस्य हिरा बहादुर केसीले सपथ ग्रहण गराउनुभएको थियो ।

सपथ ग्रहण कार्यक्रममा प्रदेश कमिटि सदस्य हिरा बहादुर केसी, राजिव शर्मा, जिल्ला कमिटि सदस्य टिकाराम सापकोटा, अमर बहादुर थापाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
काँठेखोला गाउँ कमिटिका अध्यक्ष डिल बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको सपथ ग्रहण कार्यक्रमको संचालन सचिव कृष्ण बहादुर थापाले गर्नुभएको थियो ।
यस्तै काठेखोला गाउँ कमिटिको आईतबार बसेको प्रथम बैठकले डिल बहादुर कार्कीको संयोजकत्वमा ५ सदस्य कार्यालय कमिटि गठन गरेको छ । कमिटिको सदस्यहरुमा कृष्ण बहादुर थापा, युक्त प्रसाद कंडेल, खिम बहादुर कार्की र मनिता केसी रहनुभएको छ । बैंठकले ८ गते काठेखोला गाउँपालिकाका सवै वडा कमितिहरुको सपथ ग्रहण गराउने निर्णय गरेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।










