
हेम विश्वकर्मा
बागलुङ (बुर्तिबाङ), ३१ बैशाख ।
ढोरपाटन नगरपालिकाको बोबाङबाट ढोरपाटन जाँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।
बा २ ख ७७६१ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा बोबाङ निवासी पार्वति बि.क, दान बहादुर बि.क र बल बहादुर बि.क घाईते भएको रहेको इलाका प्रहरी कार्यलय बुर्तिबाङले जनाएको छ । उनीहरुको अहिले प्राथमिक स्वास्थय केन्द्र बुर्तिबाङमा उपचार भइरहेको छ । घाईतेहरु सामान्य रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरिक्षक ओमप्रकाश यादवले जानकारी दिनुभयो ।
ट्रक चालक फरार रहेकाले खोजी कार्यभईरहेको प्रहरीले जनाएको छ ।










