
बागलुङ, ३१ बैशाख ।
बागलुङको गल्कोट नगरपालिका–११ रिघामा मंगलबार चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
रिघाको तुतुङ्गाम छिचिम्रामा चट्याङ पर्दा घरको नजिकै घाँस काटिरहेकी ३८ वर्षिय पूर्णा श्रीसको मृत्यु भएको वडाअध्यक्ष डम्बर श्रीसले बताउनुभयो ।
चट्याङ लागेर घाईते भएकी श्रीसको शव पोष्टमाटमको लागि हरिचौर लगिएको छ । रिघामा गतवर्षपनि चट्याङ परेर पशुचौपायाहरु मरेको वडाअध्यक्ष श्रीसले जानकारी दिनुभयो ।










