पत्रकारिता जिम्मेवार, जवाफदेही र उत्तरदायि बन्न आवश्यकः सांसद सापकोटा

बागलुङ, ३० बैशाख ।
धौलागिरीको पहिलो एफ.एम धौलागिरी एफ.एफ बागलुङले रेडियो कर्मको अतिरिक्त पत्रकार तथा संचारकर्मी उत्पादनको कामलाई निरन्तरता दिएको छ ।
आम संचार तथा पत्रकारिताको औपचारिक पठन पाठन नहुने धौलागिरी क्षेत्रमा संचारकर्मी उत्पादनको लागी रेडियोले समय समयलाई आधारभूत पत्रकारिता, रेडियो उद्घोषण तथा प्राविधिक तालिम संचालन गरेर जनशक्ति तयारको काम गर्न थालेको हो ।
नयाँ पुस्तालाई संचार जगतसँग जोड्दै दक्ष जनशक्ति तयारीको लागि एफएमले रेडियो उद्घोषण तथा पत्रकारिता तालिम संचालन गर्दै आएको धौलागिरी एफ.एमका अध्यक्ष हरिनारायण गौतमले जानकारी दिनुभयो । एफ.एमले चालु आर्थिक वर्षमा दुई पटक गरी ६० भन्दा बढी युवा पुस्तालाई आधारभूत तालिम प्रदान गरेको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।
तालिम लिने अधिकांश धौलागिरीका विभिन्न छापा, विद्युतिय तथा इलेक्ट्रोनिक्स मिडियामा आबद्ध भएर संचारकर्ममा लागेको एफ.एफका स्टेशन म्यानेजर दिल शिरीषले बताउनुभयो । ‘मिडियाको संख्या बढ्दो क्रममा छ’ जनशक्तिको उत्पादन क्रम घट्दो दर स्टेशन म्यानेजर शिरीषले भन्नुभयो–‘पत्रकारिताको आकर्षणलाई जोगाई राख्न सिक्ने र सिकाउने कामलाई पनि निरन्तरता दिएका छौँ ।’
‘धौलागिरीको आवाज, धौलागिरीको गौरव’को नारा लिएर संचालित एफएमले बैशाख २३ गतेदेखि संचालन गरेको एक हप्ते रेडियो उद्घोषण, पत्रकारिता तथा प्राविधिक तालिम सोमबार सम्पन्न भएको छ ।
तालिममा सार्वजनिक उद्घोषण, रेडियो कार्यक्रम सञ्चालन, समाचार लेखन, बाचन, प्राविधिक जानकारी, पत्रकार रेडियोकर्मीले अब खेल्ने भुमिका लगायतका बिषयमा सैद्धान्तिक एवम् व्यवहारिक अभ्यास मार्फत प्रशिक्षार्थी सहभागीलाई जानकारी दिइएको थियो ।
तालिम सकिए पछि सहभागीले तालिमबाट आँफुहरुले ठुलो उत्साह, उर्जा र ज्ञान हासिल गरेको प्रतिक्रिया दिएका छन् । तालिम अवधिमा प्रत्येक दिन फरक फरक व्यक्तिबाट दिइएको प्रशिक्षणले परिचय दिन समेत कठिन मान्ने गरेका सहभागीले आँफुहरुमा तालिम पश्चात आत्मबिश्वास पैदा भएको बताएका छन् ।
तालिम समापनको अवसरमा बोल्दै गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले पत्रकारिता जिम्मेवार, जवाफदेही र उत्तरदायि बन्न आवश्यक भएको बताउनुभयो । पत्रकारिता संचारको अति संवेदनशिल र महत्वपूर्ण साधन भएको उल्लेख गर्दै उहाँले पत्रकारिता मार्फत समाज रुपान्तरण र समृद्धिको अभियानमा ठुलो टेवा पु¥याउन सकिने तर्फ ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो ।
धौलागिरी एफ.एफका अध्यक्ष हरिनारायण गौतमले पत्रकारिताबाटै जीवन निर्वाह गर्न सकिने बताउनुभयो । ‘नेपालमा बैक सिईयो पछि पछि बढी तलब खाने संचार गृहका सम्पादक हुन उहाँले भन्नुभयो– आफ्नो दक्षता अनुरुप अर्थाेपार्जनको लागि समस्या हुँदैन ।’
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी बागलुङ नगरकमिटीका अध्यक्ष धनबहादुर परियार, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष तथा धौलागिरी एफ.एमका स्टेशन म्यानेजर दिल शिरीष, पत्रकार महासंघका सचिव राम थापा अविरल, प्रेस युनियनका सचिव नारायण रिजाल, पत्रकार महासंघका कोषाध्यक्ष विजय राना, विविसि संबाददाता रबिना बोहोरा, सहभागिको तर्फबाट अस्मिता जिसि, भ्रमण शिरिष लगाएतले बोल्नुभएको थियो ।
कार्यक्रम धौलागिरी एफ एमका अध्यक्ष हरिनारायण गौतमको अध्यक्षताको अध्यक्षता र धौलागिरी एफ एमका कार्यकारी सम्पादक नविन शिशिरको संचालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here