प्रहरीले भेटाएको समान सम्बन्धित व्यक्तिलाई बुझायो

स्याङ्गजा, ३० बैशाख ।
इलाका प्रहरी कार्यालय चिसापानी स्याङ्गजाले बेबारिसे अवस्थामा फेला परेको गहना, नगद तथा महत्वपूर्ण कागजात सम्बन्धित ब्यक्तिलाई हस्तान्तरण गरेको छ ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक हरिबहादुर क्षेत्री नेतृत्वमा रहेको गस्ती टोलीले हरिनास गाउँपालीका–२ स्थित कच्चि सडकमा लेडिज व्याग फेला परेको थियो ।


व्याग भित्र रहेको चालक अनुमती पत्रको आधारमा पहिचान गरि हरिनास गाउँपालीका–२ निवासी भगवती थापालाई वडा अध्यक्ष परशुराम सिग्देल र समाजका अन्य व्यक्तित्वको उपस्थितीमा सामान हस्तान्तरण गरिएको प्रहरी निरिक्षक क्षेत्रीले बताउनुभयो ।
आइतबार एक कार्यक्रमका विच लेडिज पर्स भित्र रहेको सवा तोलको सुनको सिक्रि एक थान, सुनको औँठी एक थान, नगद ८ हाजर ४ सय ५० तथा ब्लुबुक, लाइसेन्स, नागरिकताको प्रमाणपत्र लगायतका सामान हस्तान्तरण गरिएको हो ।
हराएको सामान पाएपछि भगवती थापाले पर्स हराएपछि आफुले आस मारिसकेको भएपनि जनताको सेवकले फेला पारेकोले आफुले पाउन सफल भएको बताउनुभयो । प्रहरीलाई धन्यवाद व्यक्त गर्दै थापाले प्रहरी जनताको सेवामा समर्पित रहने गरेको कुराको प्रमाण यस्ता कुराबाट हुने बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here