बुर्तिबाङदेखि भीमगिठे जाँदै गरेको जिप दुर्घटना हुँदा पाँच जना घाईते

विनोद विश्वकर्मा
बुर्तिबाङ (बागलुङ), २९ बैशाख ।
बागलुङको बुर्तिबाङबाट भीमगिठे जाँदै गरेको पिकअप जिप दुर्घटना हुँदा पाँच जना घाईते भएको छ ।
ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारदेखि बडिगाड गाउँपालिका–७ भिमगिठे जाँदै गरेका लु १ च ९८५२ नम्बरको पिकअप खप्टरीबाङमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी जिपमा सवार गुल्मीको मालिका गाउँपालिका– १ का ६८ वर्षीय मदन बहादुर घर्ती, बडिगाड गाउँपालिका– ६ बल्घासका चालक २६ वर्षीय विनोद केसी, उहाँकी श्रीमती २० वर्षीया निरुता केसी, उहाँका छोरा १० महिने रोशन केसी र निसीखोला गाउँपालिका–७ राजकुटकी १७ वर्षीय मायाँ कुँवर भाईते भएको इलाका प्रहरी कार्यालय बूर्तिवाङ्गका प्रहरी प्रमुख ओमप्रकाश यादवले जानकारी दिनुभयो ।
घाईते मध्ये मदनबहादुर घर्तीको अवस्था गम्भिर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको बताइएको छ । गम्भिर घाईते घर्र्तीलाई थप उपचारको लागि पाल्पा पठाइएको छ भने अन्य घाईते सबैको बूर्तिवाङ्ग प्रथामिक स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । तिव्र गतिको कारण दुर्घटना भएको प्रहरीले बताएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here