
बागलुङ, २७ बैशाख ।
माथिको फोटो हेर्नुहोस् त्यो दृश्य आज (शुक्रबार) विहान बागलुङ नगरपालिका–२ क्याम्पस चोकको हो । शुक्रबार विहान कालिगण्डकी देखि बालुवा ल्याएर आएको ट्याक्टरको टायर विच सडकमै रहेको नालीमा पसेपछि एक घण्टा जति सडक नै अबरुद्ध भयो ।
महिनौदेखि क्याम्पस चोकको विच सडकमै रहेको नालीमा सेलेप नहुँदा पनि सम्बन्धित निकायको कुनै ध्यान नपुगेको स्थानिय बताउँछन् ।

विच सडकको नालीमा सेलेप नहुँदा ठूलो दुर्घटना हुन सक्ने भएकाले घटना हुनु अगावै बागलुङ नगरपालिकाले त्यस तर्फ ध्यान दिन जरुरी छ ।
बागलुङ बजारमा नालीमा सेलेप नहुँदा र जथाभावी पार्किङ्ग गर्ने र व्यवसायीहरुले ठूला सवारीमा सामान लोड नलोड गर्दा अहिले बजारमा दैनिक घन्टौंसम्म सडक जाम हुने गरेको छ ।
तस्विरः भुवन कंडेलको फेसबुकबाट ।










