विश्व रेडक्रस दिवसमा बक्तृत्वकला प्रतियोगिता

बागलुङ, २५ वैशाख ।
विश्व रेडक्रस दिवसको अवसरमा बागलुङमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
अन्तराष्ट्रिय विश्व रेडक्रस दिवसको अवसरमा विपद् पुर्वतयारीको लागि जुरेस र युरेसको भुमिका विषयक बुधबार (हिजो) मावि स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा चिल्ड्रेन लाईफ वोर्डिङ्ग स्कुलका अनिल गौतम प्रथम, युएस एकेडेमीका समिक्षा भुषाल द्धितिय, कालिगण्डकी आवसिय माविका शिशिर आचार्य तृतिय र सिगाना माविका आसुतोष खड्का सान्तोना भएका छ ।
कार्यक्रममा बोल्दै प्याप्सन बागलुङका सचिव गणेश प्रसाद शर्माले रेडक्रसलाई जिवन्त बनाउन युरेश जुरेको भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रश सोसाईटी विपद व्यवस्थापन कार्यक्रम संयोजक श्याम कोइराला, नेपाल पत्रकार महासंघका सहसचिव सुवास आचार्य, चिल्ड्रेनलाई बोर्डिङ्गका शिक्षक दिपेन्द्र न्योपाने, डक्टर मारिया मण्टेश्वरीका प्रिन्सिपल रामप्रसाद घिमिरे, प्रतियोगितामा निर्णायक संयोजक कविराज जिसीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बागलुङका उपकोषाध्यक्ष तथा युरेस जुरेस जिल्ला संयोजक जिवननाथ शर्माले गर्नुभएको थियो ।
प्रतियोगितामा बागलुङ नगरपालिकाका ८ विद्यालयका १३ विद्यार्थीको सहभागिता रहेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here