कामरेडको शासन

ईश्वर गौतम
कामरेडको सरकार छ भनेर भन्न पनि लाज लाग्ने भैसक्यो  । देशमा यतिबेला सर्वहारा, श्रमजीवी, मजदुर किसानको नेतृत्व गर्दै बर्गिय बिभेदको खाडल पुर्न, समानता र स्वतन्त्र प्राप्तिका निम्ति लडाइँ लडेका कामरेडको सरकार छ । कम्युनिस्ट पार्टिको प्रतिनिधित्व गर्दै सत्तामा पुगेका कामरेड भने सम्पती मोह, बिलासिताको जीवन जिउन मै ब्यस्त देखिन्छन् । समाजका पिछडिएका बर्गको उत्थान र न्यायका लागि आवाज उठाउने कमरेड सार्वजनिक जग्गा प्रकरणमा आफै मुछिए, भ्रष्टाचारले गति नाग्यो, दलाल घुसखोरको कुरै छोडौ । समाज रुपान्तरण र समृद्धि नै आफ्नो पहिलो प्रथामिकताको चर्को भाषण छाट्ने कमरेड सत्तासिन बनेपछीको व्यबहारमा भने ब्यक्तिगत मान प्रतिष्ठा र अर्थोपार्जनका कोषिकाहरुको खोजीमा ध्यानकेन्द्रत रहेको छ भन्ने आँकलन प्रष्ट रुपमा झल्किन्छ । सम्पती ब्यक्तिको होइन राज्यको हुनुपर्छ भनेर जनताको नाममा बिद्रोह गर्नेहरु आज सम्पति जम्मा पार्न र बिलासी जीवन जिउन मै ब्यस्त देखिन्छ । जहाँ कि कामरेड आम जनताको समस्या सोच्न र आफ्नो राजनीतिक दायित्वबाट समेत बिमुख भैसकेका छन् ।

लेखक: ईश्वर गौतम

नेपाली जनताले राणा शासन भोगे, पञ्चायत भोगे राजा शासन भोगे अनि प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेस र राप्रपाको शासन पनि भोगे जसबाट आजित भएर अहिले कामरेड शासनलाई रोजेका छन् । यी हरेकका शासनसत्ताबाट नेपाली जनतालाई माथि उठाउने, जनतालाई अधिकार सम्पन्न बनाउने, स्वतन्त्रता, हरेक सर्वहारा, श्रमजीवी, मजदुर, किसान, उत्पीडित, बर्गको हकहित र हकअधिकार प्राप्तिका लागि सुशासन, कायम गर्न देशको बिकासका कार्यहरूलाई अगाडि बढाउन सकेनन । जसबाट आजित भैसकेका जनताले आफ्नो अधिकारको सुनिश्चितताका लागि कम्युनिस्ट पार्टीको समर्थन गरे १० बर्षे जनयुद्ध, झापा बिद्रोह जस्ता कम्युनिस्ट पार्टीका हरेक आन्दोलनलाई समर्थन गरे र निरंकुश शासन प्रणालीको अन्त्य गरि लोकतान्त्रिक, गणतान्त्रिक, राज्यब्यबस्था स्थापना गर्नका लागि लडि कतिले ज्यान बलिदान दिए । फलस्वरूप मुलुक यो अवस्थामा आइपुगेको छ र तिनै जनताका लागि भनेर बिद्रोह गरेर हतियार उठाएका सर्वहारा, श्रमजिवी बर्गको नेतृत्व गरेका कामरेडलाई आम नेपाली जनताले अनुमोदन गरि दुइतिहाइ मत सहित सत्तामा पुर्याएको पनि डेढ बर्ष पुगिसकेको छ ।
जब कमरेड सत्ताको बागडोर समाल्न थाल्नु भो सुरुवाती दिन त निकै चुर्तिफुर्ती पनि देखियो अब केही हुन्छ भन्ने आम जनतामा बिश्वास उत्तिकै थियो । तर कामरेडले त्यो बिश्वासलाई टिकाउन सक्नुभएन त्यो उहाँको व्यबहार र कामले देखायो । उहीँ नेपाली उखान हिस्स बुडि खिस्स दात हुन बेरै लागेन । यी नाम मात्राका कम्युनिस्ट हुन, चुनावी लोकप्रियता हासिल गर्न नाम र झन्डा प्रयोग गरेका हुन भन्ने छाप नेपाली जनतामा परि सक्यो ।
सादगी जीवन जिउनु पर्छ, धन सम्पती ब्यक्तिको हुनु हुँदैन किसान मजदुरको हकहितमा हुनुपर्छ कोहि धनी कोहि गरिव हुनु हुँदैन भनेर समाजबाद र साम्यवादको नारा घनकाउने कमरेड हिजो जमिनदारले किसानहरुलाई काम लगाउने र अन्नबाली आफ्नो घरमा हुल्ने खाना मात्रै दिने निःशुल्क श्रम गर्न बाध्य, अन्यायमा परेका किसानलाई त्यो जमिनदारको जमिनमा ती किसानले उब्जाएको अन्नबाली उनै किसानको घरमा हुलेर मजदुरहरुलाई न्याय दिन्छौ भनेर आन्दोलनमा होमिन लगाउने र अन्यायका विरुद्ध बोल्ने कमरेड आज सत्तासिन बनेपछी तिनै पुजीवादीको सम्भ्रान्त बर्गको सिको गरेका छन् । सम्भ्रान्त बर्गको जीवन जिएका छन । अर्थोपार्जन थुपार्न ब्यस्त छन् । छुटाउनै गार्हो हुन्छ हाम्रा कामरेड हुनकी पँुजिपती सम्भ्रान्त ब्यक्ति हुन भनेर । पार्टीको बिधानमा श्रमजीवी, श्रमिक बर्गको पार्टी भनेर लेखिएको छ नाममा पनि नेकपा कम्युनिस्ट पार्टी हो त्यो कुरा सोर्है आना ठिक छ तर सिद्धान्त एकातिर व्यबहार अर्कोतिर देखियो । दलाल पुजीवादसँग लडेर यसको अन्त्य गरि राष्ट्रिय पँुजिको बिकास गर्ने समाजबादी दिशा तय गर्ने सिद्धान्त बोकेका कम्युनिस्ट पार्टीका कामरेड सत्तामा पुगेपछी झन भ्रष्टाचार बढ्यो, त्यो राजनीति भित्रको भ्रष्टाचारमा पनि कमरेड मौन बस्नुभो । उल्टै आफै जग्गा दलाल, ठुलठुला ठेकेदार, म्यानपावर, शैक्षिक कन्सलटेन्सी, मानव तस्करका मालिकसँग मिल्ने जोगाउने र शिक्षा स्वास्थ्यजस्ता सेवा क्षेत्रलाई ब्यापारीकरण गर्न झन कामरेड कै शासनले प्रोत्साहन गर्यो । हिजो पुजीवादीहरुको नेतृत्वमा पैसादेखि पैसासम्म, चुनाव देखि चुनावसम्म सरकारदेखि सरकारसम्म पुग्ने बाहेक अरु केही हुने थिएन । कमरेडको पनि व्यबहार यस्तै हुने डेढ बर्षको सत्तायात्रामा देखियो । सम्पती थुपार्नका लागि जे पनि गर्ने, पद र सुबिधा श्रीमान, श्रीमती, छोराछोरी आफन्तलाई मात्रै चाहिने, मोज मस्तीको जीवन जिउनका लागि जोसँग जे सहमती गर्ने जे सर्त पनि मान्न तयार हुने, सत्ता टिकाउ गर्न पँुजिपतीसँग साटगाठ गर्ने त्यो पुजीवादी शैली कामरेडको शासनमा बदलिनु पर्नेमा झन मौलाउदै पो गयो ।
माक्र्सबादी चरीत्रलाई स्वीकार गरि भौतीकवादी बिचारलाई आत्मसात गर्ने सत्यलाई तथ्य मान्ने, आध्यात्मिकवाद, आदर्शबाद, धर्ममा बिश्वास नगर्ने कमरेडहरु घाटिभरी माला लगाएर मञ्चबाट भाषण गर्दा धार्मिक नेता हुन कि हाम्रा कमरेड हुन छुट्याउन उत्तिकै गार्हो हुन्छ । अझ भनौ कामरेडको सरकार आएपछि त झन कसले कति किलोको माला लगाउने भन्ने प्रतिस्पर्धा पो देखियो । श्रमजीवी बर्गको नेतृत्व गर्ने पार्टीको नेतृत्वको सरकारको शासन हुँदा श्रमजीवीले न्याय र उचित ज्याला पाउनुपर्ने तर ती श्रमजीवी बर्ग तिनै सर्वहाराको नेतृत्व गर्ने कामरेडबाटै शोषित छन् । बिना ज्याला तिनै कामरेडका लुगा धुन, खाना पकाउन बाध्य छन् । के यस्तै हो र कमरेड शासन । राष्ट्रियताको विषयमा हिजो घाँटी फुलाएर बोल्ने कामरेडले आज आफ्नै सरकार हुँदा नागरिकता जस्तो देशको सुरक्षाको विषयमा गम्भीर हुनुपर्नेमा राष्ट्रमाथी नै अघात चोट पुग्ने गरि राष्ट्रघाती बिधेयक पेश भएको छ । जुन संसदमा बिचाराधिन अवस्थामा छ । वाइडबडी प्रकरण कामरेडको सरकारको चर्चा पायो, कमरेड बोल्नु न बास्नु हुनुभो कार्यकर्ता सत्य लुकाएर सुगुरलाई हात्ती बनाउन लागे जहाँ कि सुगुर हात्ती बनाउन नै सकिँदैन । कामरेड सत्तामा पुगेको डेढ बर्षे कार्यकाल भरी बिकास निर्माणका काम जे जति होस् राम्रै भए होला तर व्यबहार पद्धति संस्कारमा कति पनि परिवर्तन भएको छैन । बालुवाटार जग्गा प्रकरण नै हेर्ने हो भने पनि कमरेड सरकार पालामा त नभए होला तर कामरेड सम्लग्न भए त्यो नियत नै खराव भो जहाँ कमरेड दोषि छैनन् भन्ने कुरा हुनै सक्दैन त्यहाँको त्यस कुराले त कामरेडहरु सिद्धान्त बिपरित छन् भन्ने कुरा प्रकाष्टा छर्लङ्ग भएको छ ।
निष्कर्षमा, विश्वको इतिहास हेर्ने हो भने कम्युनिस्टहरु रक्षात्मक अवस्था देखिन्छ तर नेपालमा दुई तिहाई बहुमत प्राप्त सरकार छ  । यो अवस्थामा पनि देश रुपान्तरण गर्ने रुढीबादी परम्परालाई निस्तेज पारेर अन्याय, अत्याचारमा परेका उत्पीडित, श्रमजीवी, सर्वहाराको पक्षमा न्यायोचित रुपले काम नगर्ने हो, यहि अहिले जस्तै पुरानो पुँजीवादी सोच र यहि कमाउने धन्दामा लाग्ने, देश र जनताको वास्तै नगर्ने एनसेल जस्ता कम्पनीलाई कर छलिमा पनि हेरेर बस्ने भ्रष्टाचारिलाई खुलेआम संरक्षण गर्ने, गैरनेपालीलाई बंशजको आधारमा नागरिकता बाड्नलाई भनेर कामरेडलाई यत्रो जनमत दिएको होइन । त्यसैले अब पनि नसुध्रे त्यो कागजमा लेखिएको र चुनावमा चुनाव जित्न प्रयोग गरिएका ती नारा झुटा ठहर्ने छन् र आगामी ३ बर्षमा पनि यहि गतिमा गए कामरेड शासन पनि उहीँ काँग्रेसको जस्तै हुनेछ । समाजबादको नारा नारा मात्रै रहनेछ ।

 

 

२०७६ बैशाख २४ गते मंगलबार प्रकाशित ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here